Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सपहियामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, २० समूहको सहभागिता
सपहियामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, २० समूहको सहभागिता
Mero pana
Mero pana बिहीबार, कात्तिक २६, २०८३

बर्दघाट ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२, सपहियामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद विक्रम खनालले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद खनालले खेलकुद युवाहरूको शारीरिक तथा मानसिक विकाससँगै राष्ट्रको पहिचान स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको बताए। युवाहरूलाई खेलकुदमा सक्रिय बनाउन सके उनीहरूको प्रतिभा प्रस्फुटन हुनुका साथै अनुशासन, एकता, सहकार्य र नेतृत्व विकासमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।

उनले युवाहरूलाई सकारात्मक र रचनात्मक गतिविधिमा जोड्न आवश्यक रहेको उल्लेख गर्दै खेलकुदले युवाहरूलाई लागुऔषध दुर्व्यसन तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँघरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र विकास गर्न सहयोग पुग्ने भन्दै उनले खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए। खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई सम्भावना र भविष्य निर्माणको महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्ने उल्लेख गर्दै सांसद खनालले खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रिय भलिबल खेलाडी गिरीशकुमार चौधरीले शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

जागृति युवा क्लब, बर्दघाट नगरपालिका–१२, सपहियाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद २५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय हुने समूहले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष देवेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य विकास क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सबिन पाठकले गरेका थिए।


प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल-ए पराजित, क्यानडा -११ ले जित्यो श्रृङ्खला
नेपाल-ए पराजित, क्यानडा -११ ले जित्यो श्रृङ्खला बिहीबार, फागुन १०, २०८०
क्यानडाविरुद्ध अनिलको अर्धशतक सहित नयाँ कीर्तिमान
क्यानडाविरुद्ध अनिलको अर्धशतक सहित नयाँ कीर्तिमान शनिबार, माघ २७, २०८०
नेपाल र क्यानडा बिचको एक दिवसीय शृङ्खलाको दोस्रो खेल आज
नेपाल र क्यानडा बिचको एक दिवसीय शृङ्खलाको दोस्रो खेल आज शनिबार, माघ २७, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्