Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
Mero pana
Mero pana बिहीबार, असोज २२, २०८३


बर्दघाट नगरपालिका वडा नं. १०, अलहवाल बिर्ता पश्चिम नवलपरासीमा रहेको वनशक्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ बार्षिक साधारसभामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालयका प्रमुख न्यौपानेले वन व्यवस्थापन वैज्ञानिक, दिगो र समुदायमैत्री हुनुपर्नेमा जोड दिए। उनले वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन र रोजगारीसँग जोडिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। उनले वनलाई केवल काठको स्रोतका रूपमा मात्र नहेरी जैविक विविधता, पर्यटन, जडीबुटी तथा वातावरणीय सेवाको महत्वपूर्ण स्रोतका रूपमा विकास गर्नुपर्ने धारणा राखे। सामुदायिक वनले प्रचलित नीति, नियम र विधिको पालना गर्दै आफ्नो कार्यसम्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरीले विकास निर्माणका क्रममा वातावरण र प्रकृति संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। उनले सडक, भवनलगायतका पूर्वाधार विकास आवश्यक भए पनि निर्माणका क्रममा वन तथा वातावरणमा पर्ने असरलाई ध्यान दिनुपर्नेमा जोड दिए। उनले वर्तमान पुस्ताले प्रकृतिको दोहन मात्र नगरी भावी पुस्ताका लागि सुरक्षित र स्वच्छ वातावरण हस्तान्तरण गर्ने जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिका–१० का वडा अध्यक्ष राजु मिश्रले वनलाई केवल रूखहरूको समूहका रूपमा नभई मानव जीवनको आधारका रूपमा बुझ्नुपर्ने बताए। उनले वनले वातावरणीय सन्तुलन कायम गर्नुका साथै पानीका स्रोत तथा जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। वन संरक्षण सरकारको मात्र जिम्मेवारी नभई स्थानीय समुदायको समेत उत्तिकै महत्वपूर्ण दायित्व भएको बताउँदै उनले सामुदायिक वनले वन संरक्षणसँगै त्यसबाट प्राप्त लाभलाई समुदायको विकासमा उपयोग गर्दै आएको धारणा राखे। उनले वन संरक्षणका लागि आफूहरूले विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै वन अतिक्रमण रोक्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पश्चिम नवलपरासीकी अध्यक्ष शारदा पोखरेलले वनको संरक्षणले प्रर्यावरणमा ठुलो भूमिका खेल्ने विचार व्यक्त गरिन् । अध्यक्ष पोखरेलले “सामुदायिक वनको सबैभन्दा ठूलो उपलब्धि भनेको स्थानीय समुदायलाई वनको मालिकाना भावना विकास गराउनु हो। वन संरक्षण गर्दा त्यसको प्रत्यक्ष लाभ पनि समुदायले पाउनुपर्छ। तर वनबाट लाभ लिने नाममा वनको विनाश हुनुहुँदैन। संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्न सके मात्र सामुदायिक वनको उद्देश्य सार्थक हुन्छ” भनिन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष छवि प्रसाद पौडेलले वन वातावरण जोगाउन समुदाय एक जुट हुनु पर्ने विचार व्यक्त गरे।
कार्यक्रममा चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होम बहादुर गुरुङले समाज हरेक कार्यक्रममा सबै सँगै भएपनि वन जोगाउने, वन अतिक्रमण रोक्ने सवालमा भने एक ले अर्को लाई देखाएर उम्किने परिपाटीको विकास भएको छ। उनले नेपालमा अहिले नखाएको विष लागेको बताए। उनले सामुदायिकबनका आन्तरिक खपत हुने काठको १० प्रतिशत कर अवैज्ञानिक भएको बताए।
कार्यक्रममा पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कर्ण बहादुर खत्रीले वन जंगल जोगाउन खानेपानी र वन सँगै मिलेर अघिबड्नु पर्ने विचार गर्दै उनले वन वातावरण जोगाउन सके मात्र खाने पानीको मुहान सुरक्षित राख्न सकिने बताए।
कार्यक्रम संस्थाका अध्यक्ष इन्द्र चौधरीले हाल वनमा चोरी निकासी शून्य भएको, अति बिपन्न परिवारका लागि २२ क्युफिट काठ निःशुल्क वितरण गरिएको, १५० कुन्टल दाउरा निःशुल्क वितरण गरिएको, बोट बिरुवा राम्रो सँग हुर्काउन वन सफा गरिएको बताए। चौधरीले आगामी वर्षका लागि ६६ लाख ३१ हजारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन समूहकी कोषाध्यक्ष सृजना थापाले, आन्तरिक लेखा समितिको प्रतिवेदन रामनरेश चौधरीले उपभोक्ता समक्ष प्रस्तुत गरेका थिए ।
समूहका सचिव कविता कुमारी फौजदारको सञ्चालनमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य समूहका उपाध्यक्ष फणीन्द्र चौधरीको रहेको थियो।
समूहमा हाल २३८० परिवार सदस्य रहेका छन्। २०५४ सालमा स्थापना भएको वन ४०४.३३ हेक्टर रहेको छ।


प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न बिहीबार, असोज २२, २०८३
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव बिहीबार, भदौ २५, २०८३
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग मंगलबार, भदौ २३, २०८३
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग सोमबार, भदौ २२, २०८३
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति सोमबार, भदौ २२, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्