Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
Mero pana
Mero pana सोमबार, असोज १९, २०८३

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी एक बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार असोज १७ गते भएको घटनाबारे परिषद्मा अनलाइनमार्फत उजुरी परेको थियो। उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितले करणीसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीले बताएका छन्।

प्रहरीका अनुसार जाहेरीका आधारमा कोहलपुर नगरपालिका–११ निवासी ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको छ। थापा उक्त पोलिक्लिनिकका सञ्चालकसमेत रहेको र उनीसँग सीएमए प्रमाणपत्र मात्र रहेको तथा उपचारका लागि आवश्यक इजाजत नभएको प्रहरीको भनाइ छ।

प्रहरीले थापामाथि करणीसम्बन्धी कसुरसँगै नेपाल मेडिकल काउन्सिलको ‘Code of Ethics and Professional Conduct, 2017’ विपरीत कार्य गरेको आरोपसम्बन्धी पक्षमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

बाँके जिल्ला अदालतबाट करणीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

परिषद्ले छानबिन समितिको प्रतिवेदनका आधारमा घटनाको थप आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २२:३७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण बुधबार, असोज १४, २०८३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न आइतबार, असोज ४, २०८३
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा बुधबार, भदौ ३, २०८३
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्