Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै अर्थोपेडिक स्पेसियालिटी क्लिनिक सञ्चालनमा
Mero pana
Mero pana बुधबार, भदौ ३, २०८३

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सञ्चालनमा रहेको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले अर्थोपेडिक तथा स्पाइनसम्बन्धी विशेषज्ञ सेवा विस्तार गरेको छ। क्लिनिकले मंगलबार पत्रकार सम्मेलन गर्दै हाडजोर्नी, स्पाइन, हात–खुट्टा तथा विभिन्न हड्डीसम्बन्धी समस्याको विशेषज्ञ उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको जानकारी दिएको हो। क्लिनिकमा बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार हाडजोर्नी तथा स्पाइनसम्बन्धी समस्याको परीक्षण, उपचार, औषधि, शल्यक्रिया र फलोअप सेवा उपलब्ध रहेको जनाइएको छ। साथै क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवासमेत प्रदान गरिने क्लिनिकले जनाएको छ। क्लिनिकमा अर्थोपेडिक स्पेसियालिस्ट तथा क्यान्सरसम्बन्धी शल्यक्रिया गर्ने सर्जन डा। विजय कुमार गुप्ताले विशेषज्ञ सेवा दिँदै आएका छन्। उनले एमबीबीएस तथा एमएस अध्ययन पूरा गरेपछि क्यान्सर अस्पतालमा फेलोसिप गरी क्यान्सरसम्बन्धी उपचार तथा शल्यक्रियामा थप अनुभव हासिल गरेको क्लिनिकले जनाएको छ। उपचारका लागि भारतको महाराजगन्ज, गोरखपुर, लखनऊ र दिल्लीलगायतका शहरमा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले परासीमै विशेषज्ञ सेवा विस्तार गरिएको डा। गुप्ताले बताए। स्थानीयस्तरमै उपचार सेवा उपलब्ध भएपछि बिरामीको समय र खर्च बचत हुनुका साथै सहज रूपमा फलोअप गर्न सकिने उनको भनाइ छ। क्लिनिकले बिरामीको आवश्यकता र अवस्थालाई प्राथमिकतामा राख्दै गुणस्तरीय तथा आधुनिक उपचार सेवा उपलब्ध गराउने जनाएको छ। आगामी दिनमा अर्थोपेडिक तथा स्पाइनसम्बन्धी विशेषज्ञ सेवा थप विस्तार गर्दै आवश्यकताअनुसार उपचार सुविधा बढाउने योजना रहेको क्लिनिकले जनाएको छ।


प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ०५:४२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन सोमबार, असोज १९, २०८३
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण बुधबार, असोज १४, २०८३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न आइतबार, असोज ४, २०८३
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्