Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
Mero pana
Mero pana आइतबार, असोज ४, २०८३

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। बर्दघाट नगरपालिकाका  नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दीपक लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


सभालाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बजेटको अभावमा विपन्न परिवारले शुद्ध पिउने पानी नपाउने समस्याको अन्त्य भएको बताए। नगर प्रमुख श्रेष्ठले रकम अभाव भए नगर र खानेपानी संस्था मिलेर शुद्ध पिउने पानीको धारा जडान गर्ने वातावरण तयार गरिएको बताए। उनले नगरको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लागतमा विपन्न परिवारलाई धारा जडान गर्ने नीति अवलम्बन गरिएको बताए। 

कार्यक्रममा बर्दघाट नगर पालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले खानेपानी संस्थाले आफ्ना उपभोक्तालाई दिर्घरोग लाग्दा उपचार तथा सहायता बापत केहि रकम उपलब्ध गराऊन नीति निर्माण गर्न आग्रह गरे । उनले यसकार्यबाट उपभोक्ता प्रतिको सस्थाको उत्तरदायित्व बहन हुने विचार व्यक्त गरे । पूर्व नगरप्रमुख बस्यालले पानि परिक्षणको सुविधा बर्दघाटमा मात्र सिमित नराखि नगर वा जिल्ला खानेपानीको सहकार्यमा जिल्ला भर सेवा सुविधा प्रदानगरि जिल्ला बासीलाई नै शुद्ध पिऊनेपानी पिऊन पाऊने वातावरण तयार गर्न आग्रह गरे ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले संस्था सफलहुन शुशासन, जवाफदेहिता र पारदर्शिताको विषेश भूमिका रहनेहुदाँ नगरका अन्य सबै संस्थाले नेपालको कानूनको अधिनमा रहि आफ्ना गतिविधि तथा कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । उनले पानि चुहावट कम गर्न संस्थालाई सबै उपभोक्ताले चुहावट सम्बन्धि जानकारी समयमै प्रदान गर्न आग्रह समेत गरेका छन । 

कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख दिनेश कुमार शाहले भूमिगत जलको पुनर्भरन कार्यक्रमलाई थप प्राथमिकता दिन खानेपानी उपभोक्ता संस्थाहरुलाई आग्रह गरे। 

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा बर्दघाट नगरपालिका वडा नं ४ का पुर्व वडा अध्यक्ष रविन्द्र विक्रम हमालले अध्यक्षले प्रस्तुत गरेका कार्यक्रममा बजेट सहित ल्याउँदा थप पारदर्शी हुने विचार व्यक्त गरे। उनले टोल विकास संस्थालाई दिइएको रकमलाई सही सदुपयोग गर्न आग्रह गरे। हमालले १६ प्रतिशत पानी चुहावट रोक्न संस्थाले कार्यक्रम सञ्चालन गर्नु पर्ने विचार व्यक्त गरे। 

कार्यक्रममा लाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष धातानन्द बस्यालले अब आउने समिति निर्वाचन बाट भन्दापनि सहज प्रक्रियाबाट टुंग्याउनु पर्ने विचार व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै पारिजात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमान सिंह थापाले रीति रिवाज मनाउने नाममा सालका लाथ्रा काट्ने प्रचलनको अन्त्य गर्नु पर्ने विचार व्यक्त गरे । उनले बनका साना बोट बिरुवा काट्ने भन्दा पनि बोट बिरुवा रोप्न सबैलाई अभिप्रेरित गर्नु पर्ने विचार व्यक्त गरे। 


कार्यक्रममा खाने पानी तथा सरसफाई उपभोक्ता महासंघ, पश्चिम नवलपासीका अध्यक्ष देवी दत्त सापकोटाले खानेपानी वितरणका लागि नगरले एक घर एक धारा अभियानका लागि आवश्यक बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गरे। 

कार्यक्रममा पार्टीको तर्फबाट बोल्दै रास्वापा बर्दघाट ४ का  वडा सभापति विक्रम पुरीले संस्थालाई दिगो बनाई राख्न मूल संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द पाध्याले आगामी पुस्तालाई हामीले प्रयोग गरिरहेको  पानी संरक्षण गरी हस्तान्तरण गर्नु चुनौती रहेको बताउँदै हामी सबै एक जुट भएर मूल संरक्षणमा लाग्नु पर्ने विचार व्यक्त गरे। 

कार्यक्रममा चिसापानी खानेपानी तथा सरफाइ उपभोक्ता संस्थाका अध्यक्ष राम प्रसाद सापकोटाले नगरमा भएका अन्य खानेपानी संस्थाले यस संस्थाको असल व्यवस्थापन पक्ष सिको गरी आफ्नो संस्थालाई सबलीकरण गर्नु पर्ने विचार व्यक्त गरे। 

 कार्यक्रममा उपभोक्ताको तर्फबाट दिल कुमारी कुँवरले अशक्त उपभोक्ताहरुलाई सहायता कार्यक्रम ल्याउन आग्रह गरिन्। उनले ढल निकाश तथा फोहरमैला व्यवस्थापनमा विशेष पहल गर्न आग्रह गरिन्।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपक लम्सालले संस्थाले गरेका क्रियाकलाप र संस्थाका भावियोजना, चुनौतिका बारेमा उपभोक्ताहरुलाई जानकारी गराएका थिए । 


त्यस्तै सस्थाका उपाध्यक्ष कमल थापाले संस्थाले खानेपानी सुरक्षाका सवालमा गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष राधादेवी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकि थिईन । कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा संयोजक नारायण भण्डारीले प्रस्तुत गरेका थिए ।  संस्थाका सचिव शोभाकान्त कोइरालाको सञ्चालन तथा स्वागत मन्तव्य राम बहादुर सार्कीको रहेको थियो।

 
कार्यक्रममा संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका ५ वटा टोल विकास संस्था तथा विभिन्न सामाजिक अभियान्तहरुलाई सरसफाईका लागि आवस्यक औजार प्रदान गरेको छ ।


प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा बुधबार, भदौ ३, २०८३
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै बुधबार, भदौ ३, २०८३
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान आइतबार, असार २८, २०८३
न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारलाई २ लाख १ हजार रुपैयाँ जरिवान
न्यूरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारलाई २ लाख १ हजार रुपैयाँ जरिवान शुक्रबार, असार १९, २०८३
लोकप्रीय
  • Week
  • Month
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बाढीपीडितलाई कुमुदिनी स्कुलको रु. १ लाख ५१ हजार १११ सहयोग
बाढीपीडितलाई कुमुदिनी स्कुलको रु. १ लाख ५१ हजार १११ सहयोग
नवलपरासी ख्रीष्टियन मण्डली परिषद्को १ लाख १० हजार ४९ रुपैयाँ विपद् राहत कोषमा
नवलपरासी ख्रीष्टियन मण्डली परिषद्को १ लाख १० हजार ४९ रुपैयाँ विपद् राहत कोषमा
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
जिसन स्पेलिङ्ग बि प्रतियोगिताः सुनवल युनाईटेड प्रथम
जिसन स्पेलिङ्ग बि प्रतियोगिताः सुनवल युनाईटेड प्रथम
पक्राऊ पुर्जीबाट  बच्ने अध्यक्ष यादवको अन्तिम  प्रयास पनि असफल
पक्राऊ पुर्जीबाट बच्ने अध्यक्ष यादवको अन्तिम प्रयास पनि असफल
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्