नवलपरासी:
प्रतापपुर गाँऊपालिका वडा नं.७ मा रहेको व्यक्तिगत जग्गा किर्ते, ठगी तथा जालसाजी मुद्धामा थप दुई जना पक्राऊ परेका छन । पक्राऊ पर्नेमा पश्चिम नवलपरासीमा रहेको भुमी प्रशासन कार्यालयका नायब सुब्बा राजेन्द्र कुमार बस्नेत र खरिदार झविन्द्र पाण्डे रहेका छन् ।
यसै अभियोग श्रावण २३ गते वडा अध्यक्ष हरेन्द्र यादव पक्राऊ परेका थिए भने पाल्हिनन्दन गाँऊपालिका वडा नं ६ का शम्भु प्रसाद केवट तथा रामग्राम नगरपालिका वडा नं.५ का सुदिप प्रताप यादव अझै फरार रहेका छन ।
अनुसन्धानका क्रममा भूमि प्रशासन कार्यालय कर्मचारीको पनि संलग्नता देखिएपछि दुई कर्मचारी पक्राऊ गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन थापाले जानकारी दिए ।
वडाअध्यक्ष यादवले आफुपदमा भएको अवस्थमा सरकारी कागजातमा फरक नाम, हस्ताक्षर, तथा फरक उद्देश्यले व्यक्तिहरुलाई साक्षी राखी गरिएको कागजातलाई दुरुपयोग गरिएको आरोप सहित मिति २०८३ असार ११ ईलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी परेको थियो ।
उजुरी उपर छानविन हुदाँ भोगाधिकार अर्केले गरिरहेको जग्गा विक्री वितरणका लागि विभिन्न तालुकदारका कर्मचारी सहितको मिलेमतोमा गरिएको आसंकामा नवलपरासी जिल्ला अदालतबाट साउन ११ गते ६ जना विरुद्ध पक्राऊ पुर्जी जारी गरिएको थियो ।
वडाअध्यक्ष यादवले पक्राऊ पुर्जीबाट बच्न बिशेष अदालत तुलसीपुर, बुटवल ईजलासबाट मिति २०८३ साउन १८ गते अल्पकालिन अन्तरिम आदेश लिन सफल भएका थिए ।
यादव सहित अन्य विरुद्ध श्रावण २२ गते शुक्रबार भएको सुनुवाईमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने नदेखिएको भन्दै अध्यक्ष यादव लगायत ६ जनालाई नियमानुसार पक्राऊ गर्न उच्च अदालतले बाटो खोलिदिएको थियो । वडाध्यक्ष यादव ावलपरासी जिल्ला अदालतको आदेशमा हाजिरी जवानीमा साउन २५ गते रिहा भएका छन् ।
साविक गुठि सूर्यपुरा गा बि स वडा नं.३ का स्व.मत्स्य राज रायका श्रीमतीद्वय स्व.उमरावती देवी राय र रमावती देवी रायको नाममा रहेको ५ विगाहा जग्गा किर्ते जालसाजी गरि बेचेको सुचना पाएपछि जग्गा भोगचलन गरिरहेका व्यक्तिहरु प्रतापपुर गाँऊपालिका वडा नं.७ का रोहित ठाकुर, प्रतापपुर गाँऊपालिका वडा नं.८ का जितेन्द्र हलुवाई, प्रतापपुर गाँऊपालिका वडा नं.८ का राजेश यादव, प्रतापपुर गाँऊपालिका वडा नं.८ का पप्पु भेडियार, प्रतापपुर गाँऊपालिका वडा नं.८ का बिनोद कुमार पाल तथा प्रतापपुर गाँऊपालिका वडा ६ का असर्फी अहिर लगायतले जाहेरी दरखास्त दिएका थिए ।
जाहेरी कर्ता रोहित ठाकुरका अनुसार २०६३ सालमा आफुले रमावती देवि रायसंग किनेको र त्यस पश्चात आफुहरुले भोगचलन गर्दै आईरहेको जग्गा वडाअध्यक्ष लगायत सबैले जानेको विषय हुदाँ हुदै आर्थिक प्रलोभनमा परि वडाअध्यक्ष यादवले आफु लगायतको लगानीमा मतियारहरु खडागरि किर्ते काजग तयार गरि विक्री वितरणमा मुख्य भूमिका खेलेको आरोप लगाएका छन ।
उनि भन्छन, “वडाअध्यक्षले आफ्नै लगानीमा आफ्ना नजिकका नातेदार तथा आफ्ना विश्वासीलो पात्रहरु सुदिप प्रताप यादव र शम्भु प्रसाद केवटलाई अघि सारी सोझा गाँऊलेलाई विद्युत मिटरको सिफारिस भनेर झुक्काई सर्जमिनमा हस्ताक्षर गराएका छन् ।” हस्ताक्षर गरेकाहरु मध्ये सन्तराम मुसहर र जित बहादुर थारुले आफुहरुलाई फरक उद्देश्यले हस्ताक्षर गराएर आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै वडाअध्यक्ष हरेन्द्र यादव, कम्प्यूटर अपरेटर राज कुमार गुप्ता, कार्यालय सहयोगि विन्ध्याचल राजभर विरुद्ध उजुरी समेत दिएका थिए।
ठाकुर थप्छन, “वडाअध्यक्ष लगायतका टिमले मुद्धा कमजोर गराऊन भोगाधिकार गरिरहेका तथा जाहेरी दिनेहरु मध्येका २ जना राजेश यादवलाई् १ विगाह ५ कठ्ठा भोग चलन गरिरहेकोमा १ विगाह १० कठ्ठा १० धुर पास र असर्फी यादवले १३ कठ्ठा भोग चलन गरिरहेकोमा १९ कठ्ठा १० घुर पास मिति २०८२ असार २५ गते पास गरिदिएका छन् ।”
के के थिए वडाकार्यालयबाट जारी गरिएका कागजात
२०५८ सालमा रमावति देवी रायले नातिद्वय चन्द्र प्रकाश राय र आयुष कुमार रायलाई जग्गा बेच्नकालागि नामसारी दिदाँ ससुराको नाम अवध नारायण राय उल्लेख गरेको तर २०८२ बैशाख २९ गते सुदिप प्रताप यादव र शम्भु प्रसाद केवटलाई बेच्दा ससुराको नाम सुर्ज विक्रम राय उल्लेख गरिएको छ । सरकारी कामकाजमा प्रयोग भएका कागजातमा कहि कतै उक्त परिवारमा सुर्ज विक्रम राय भन्ने व्यक्ति देखिदैन ।
जबकी २०५२ साल मै स्वगिर्य अवध नारायण रायको नाममा वडाकार्यालय भएको भवनकै स्थानमा १ कठ्ठा १० धुर जग्गा तथा उक्त जग्गामा नातिले निर्माणगरि भवन हस्तान्तरण गरिएको शिलालेख समेत रहेको छ । जुन हाल प्रयोगशाला कक्षको रुपमा प्रयोग गरिएको छ ।
त्यस्तै मिति २०८२ साल बैशाख २१ गते मालपोत कार्यालयमा नाताप्रमाणित गरि वडा कार्यालयद्धारा जारी गरिएको रमावती राय र राजु राय भतिज भएको दावी गरि नाता प्रमाणित गरिएको पत्रमा नत निवेदक को हस्ताक्षर तथा औठा छाप छ न भतिज भनिएका व्यक्ति राजु रायको हस्ताक्षर र औठाछाप छ ।
जबकी मालपोत कार्यालयमा जग्गा खरिद विक्री गर्दा बाजेको नाम लेख्नुपर्ने स्थानमा राजु रायको बाजेको नाम अवध नारायण राय लेखिएको छ । यसरी वडाकार्यालयद्धारा नातामा नाति पर्नेलाई भतिजो बनाईएको छ ।
त्यस्तै मालपोत कार्यलयमा रहेको जग्गा विक्रीगर्दाको मिति २०८२ र्बैशाख २९ गतेको राजीनामा हस्ताक्षर र औठाछाप दुबै गरिएको छ । जबकी उनको अन्य स्थानमा औठाछाप मात्र प्रयोग गरिएको छ । जहाँ हस्ताक्षर गर्ने व्यक्ति अन्य भएको दावी गरिएको छ ।
त्यस्तै जग्गा कारोबार गर्दा बैंकिङ्ग कारोबार देखिनुपर्नेमा न्यूनतम मापदण्ड समेत पुरा नगरि १ करोड ११ लाख ८० हजार रुपैया सामान्य तमसुक बनाएर बुझाएको देखिन्छ ।