Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • सुनवलमा शितभण्डार संञ्चालनमा, किसान उत्साहित तर कसरी भर्ने शितभण्डार ?
सुनवलमा शितभण्डार संञ्चालनमा, किसान उत्साहित तर कसरी भर्ने शितभण्डार ?
Mero pana
Mero pana शुक्रबार, माघ ५, २०८०

सुनवल २ का लोकनाथ भण्डारी गत वर्ष आलुको विउ राख्न छिमेकि जिल्ला रुपन्देहिका शित भण्डारमा भौतिारिनुभयो, तर उहाँले ठाँउ नपाएपछि ६ क्वीन्टल आलुको बिउ कुहिएर खेर गयो । भण्डारी भन्नुहुन्छ, ‘रुपन्देहिका विभिन्न ठाँउमा गए तर ठाँउ पाईएन अनि घरमै १२ ओटा बोरामा राखेको आलुको बिउ कुहिएर मलखातमा फाल्नुपर्यो ।’ उहाँ मात्रै होईन् जिल्लामा शित भण्डार नहुदा धेरै किसानका उत्पादन खेर जाने गरेको थियो तर सुनवलमै अहिले शित भण्डार निर्माण भएपछि भण्डारी सहितका व्यवसायिक खेति गर्ने किसान उत्साहित भएका छन् । भण्डारीले भन्नुभयो ‘अब कमसेकम केहि उपज बढि भए राखौँ भन्नका लागी कोल्ड स्टोर छ म खुसि छु ।’

भण्डारी मात्रै होईन् यस वर्ष  देखि शित भण्डार संञ्चालनमा आएपछि धेरै किसान खुसि भएका छन् । कृषि सहकारीहरुले समेत ठुलो क्षेत्रफलमा खेति गर्न थालेका छन् । सुनवलमै रहेको समावेशि कृषि सहकारी संस्था लिमिटेडले सामुहिक आलु खेति गरेको छ । ‘हामि कृषि सहकारी हो त्यसैले खति गर्नुपर्छ र उत्पादन बढाउनुपर्छ भन्ने थियो, अहिले शितभण्डार बनेपछि हामिले पनि दुई विगाहामा आलु खेति गरेका छौ’ समावेशि कृषि सहकारी संस्थाकि अध्यक्ष धनमाया गौतम क्षेत्रिले भन्नुभयो । सहकारीका सबै सदस्यहरु उत्साहित भएको बताउदै क्षेत्रिले उत्पादित आलु यस वर्ष शितभण्डारमा भण्डारण गरेर बेमौसममा बेच्ने र सहकारीको आम्दानि वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो ।

जिल्लामै पहिलो पटक आधुनिक प्रविधि सहितको शित भण्डार निर्माण भएर संञ्चालनमा आएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी संघको अगुवाईमा संघिय सरकार, स्थानिय तह र जिल्लाका विभिन्न सहकारीको साझेदारी लगानीमा २१ करोडको लागतमा आधुनिक प्रविधि सहितको ३ हजार मेट्रिकटन क्षमताको  शितभण्डार निर्माण भएको हो । भर्खरै संञ्चालनमा आएको छुट्टाछुट्टै चेम्बर सहितको तिन तले शित भण्डार अहिले खाली छ । ठुलो क्षमताको शितभण्डार भएकाले उत्पादनमा वृद्धि गर्न अभियानको रुपमा कार्यक्रम संञ्चालन गर्ने योजना सहकारी संघको छ । ‘शित भण्डार सबै ठाँउमा बनाउन पनि सकिदैन्, कुनै ठाँउ विशेषमा बनाएर सबैको साझा प्रयोग गर्ने केन्द्रको रुपमा विकास गर्नुपर्छ जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले भन्नुभयो । ’

शितभण्डार निर्माण भएपनि अझै दुई करोड रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ । एका तर्फ संञ्चालन खर्च र अर्को तर्फ कृषि उपजको अभावले शित भण्डार संञ्चालन चुनौतीपुर्ण बनेको हो । पाल्पा रुपन्देहि लगायतका जिल्लाका उत्पादनलाई पनि समेट्ने गरी अभियान संञ्चालन गर्ने पौडेलले बताउनुभयो । ‘पहाडी जिल्लाका उत्पादन पनि सुनवल सम्म झार्ने र स्थानिय उद्योगहरु संग पनि सम्र्पक गरी उनिहरुका समान पनि शित भण्डारमा राख्ने गरि योजना बनाउदै छौ, पौडेलले भन्नुभयो ।’ शित भण्डार संञ्चालनका लागी छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी संघको योजना रहेको छ । जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अली मोमिनले स्थानिय तह देखि तिनै तहका सरकार कृषिमैत्रि नबन्दा शितभण्डार संञ्चालनमा चुनौती थपिएको तर्क गर्नुभयो । ‘जिल्लाका सात स्थानिय तह कोहि पनि कृषि र किसान प्रति जिम्मेवार छैनन्, व्यवसायिक कृषिमा जोड दिएर उत्पादन बढाउने तर्फ उनिहरुको ध्याननै छैन् मोमिनले भन्नुभयो ।’

नवलपरासीका सात स्थानिय तहले चालु आर्थिक वर्षमा संघिय र प्रदेश सरकारको शर्सत अनुदान सहित १६ करोड बढि रकम कृषिमा छुट्टाएका छन् । तर योजनावद्ध कार्यक्रम नआउदा बजेट बालुवामा पानी सरह भएको सरोकारवालाहरुको गुनासो छ ।  छिमेकि जिल्लाका उत्पादन समेत भण्डार गर्ने क्षमता रहेको शितभण्डारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्न सके किसानले मनग्य लाभ लिन सक्नेमा दुईमत छैन् । तर तिनै तहका सरकारको किसानमैत्रि कार्यक्रम नहुदा र व्यवसायिक कृषिको बढवा नहुदा सम्म शित भण्डारको उपयोगिता नहुने निश्चत प्राय छ । जिल्लाको सुस्तामा गत वर्षनै शितभण्डार निर्माण सम्पन्न भएपनि अझै संञ्चालनमा आउन सकेको छैन् ।


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन् शुक्रबार, भदौ १९, २०८३
प्रतापपुर ७ जग्गा प्रकरणः भुमी प्रशासन कार्यालय नवलपरासीका २ जना कर्मचारी पक्राउ
प्रतापपुर ७ जग्गा प्रकरणः भुमी प्रशासन कार्यालय नवलपरासीका २ जना कर्मचारी पक्राउ बुधबार, भदौ ३, २०८३
रामग्रामको विकासका लागी भन्दै प्रचण्डको घरबेटिलाई लुम्बिनीका तत्कालीन उपाध्यक्षले पत्र लेखेर बोलाएको खुलासा, ल्हारक्यालले सम्झौता रद्द गर्दै
रामग्रामको विकासका लागी भन्दै प्रचण्डको घरबेटिलाई लुम्बिनीका तत्कालीन उपाध्यक्षले पत्र लेखेर बोलाएको खुलासा, ल्हारक्यालले सम्झौता रद्द गर्दै सोमबार, माघ २९, २०८०
सुनचाँदी व्यवसायी माथि गोलि प्रहार
सुनचाँदी व्यवसायी माथि गोलि प्रहार शनिबार, माघ २०, २०८०
एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन गुल्मीकी मनिषाले, ओलीले दिए बधाई
एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन गुल्मीकी मनिषाले, ओलीले दिए बधाई बिहीबार, माघ ४, २०८०
परासी खानेपानीको ४३ लाख बढि महसुल उठ्न बाँकि, नेताहरुले नै महसुल तिरेनन्  - समिति
परासी खानेपानीको ४३ लाख बढि महसुल उठ्न बाँकि, नेताहरुले नै महसुल तिरेनन् - समिति मंगलबार, पुस २४, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्