Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • बर्दघाटमा ३५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित, विभेद र अपहेलनाविरुद्ध कानुनी सचेतना
बर्दघाटमा ३५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित, विभेद र अपहेलनाविरुद्ध कानुनी सचेतना
Mero pana
Mero pana आइतबार, कात्तिक २२, २०८३

बर्दघाट । ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सुरक्षा तथा अधिकार संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ मा रहेको ज्येष्ठ नागरिक मुस्कान केन्द्रले ज्येष्ठ नागरिकका लागि जलपान, सम्मान तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

केन्द्रका अध्यक्ष दुर्गाप्रसाद उपाध्यायको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ७० वर्ष उमेर पूरा गरेका ३५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने ९० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक सुरक्षाका लागि नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। ज्येष्ठ नागरिक समाजका अनुभव, ज्ञान र संस्कारका स्रोत भएकाले उनीहरूको सम्मान र उचित हेरचाह गर्नु परिवार, समाज र राज्य सबैको दायित्व भएको उनले बताए।

उनले आजको कार्यक्रमले ज्येष्ठ नागरिकलाई परिवारभित्रै हुन सक्ने विभेद, अपहेलना तथा अन्यायका विषयमा जानकारी लिन र त्यस्ता समस्याविरुद्ध कानुनी उपचार खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। ज्येष्ठ नागरिकले आफ्नो अधिकारबारे जानकार रहनुपर्ने र परिवारका सदस्यले पनि उनीहरूप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक शोमनाथ अधिकारीले ज्येष्ठ नागरिकका सवालमा बर्दघाट नगरपालिकाले उल्लेखनीय काम गरिरहेको बताए। तर ज्येष्ठ नागरिकको नियमित भेटघाट, अन्तरक्रिया, मनोरञ्जन, स्वास्थ्य तथा सामाजिक गतिविधि सञ्चालन गर्न आफ्नै भवनको आवश्यकता रहेको उनले औँल्याए।

उनले ज्येष्ठ नागरिक मुस्कान केन्द्रका लागि आवश्यक जग्गा पहिचान गरी संस्थाको स्वामित्वमा हस्तान्तरण गर्न नगरप्रमुखसँग आग्रह गरे। जग्गाको व्यवस्था भएमा समाजमा रहेका विभिन्न सामाजिक व्यक्तित्व तथा सहयोगी मनहरूबाट भवन निर्माणका लागि सहयोग जुटाउने वातावरण तयार गर्न सकिने उनको भनाइ थियो। ज्येष्ठ नागरिकका लागि भवन निर्माणको विषयलाई नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

कार्यक्रममा अधिवक्ता मित्रलाल लामिछानेले ज्येष्ठ नागरिकले परिवार तथा समाजबाट भोग्नुपर्ने सम्भावित विभेद, अपहेलना, सम्पत्तिसम्बन्धी जालसाजी तथा अधिकार हननका विषयमा प्रशिक्षण दिएका थिए। उनले परिवारका सदस्यबाटै हुन सक्ने आर्थिक, सामाजिक तथा मानसिक शोषणका स्वरूपबारे जानकारी गराउँदै त्यस्ता घटनाबाट बच्ने उपाय र कानुनी उपचारका बाटाबारे स्पष्ट पारेका थिए।

ज्येष्ठ नागरिकले आफ्नो सम्पत्ति, हकअधिकार र कानुनी संरक्षणका विषयमा जानकारी राख्नुपर्ने बताउँदै उनले अन्यायमा परेमा चुप लागेर बस्नुभन्दा सम्बन्धित निकायमा उजुरी गरी न्याय खोज्नुपर्नेमा जोड दिएका थिए। सचेतना कार्यक्रमले ज्येष्ठ नागरिकलाई आफ्ना अधिकारबारे जानकार बनाउन र आत्मसम्मानका साथ जीवनयापन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न  भजन समूहले धार्मिक तथा सांस्कृतिक भजन प्रस्तुत गरेका थिए। भजन प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आत्मीय बनाएको थियो। ज्येष्ठ नागरिकलाई जलपान गराउनुका साथै सम्मान प्रदान गरिएको कार्यक्रममा आपसी भेटघाट, अनुभव आदानप्रदान र आत्मीयताको वातावरणसमेत बनेको थियो।

कार्यक्रमका परिकल्पनाकार तथा संयोजक मधुसूदन अर्यालले संस्थाको उद्देश्य र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताए। ज्येष्ठ नागरिकलाई एक्लोपनबाट मुक्त गराउँदै उनीहरूको अनुभव, ज्ञान र सीपलाई समाजसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद उपाध्यायले ज्येष्ठ नागरिकको सम्मान केवल औपचारिक कार्यक्रममा सीमित नभई परिवार र समाजको दैनिक व्यवहारमा समेत प्रतिबिम्बित हुनुपर्ने बताए। ज्येष्ठ नागरिकले जीवनभर परिवार, समाज र राष्ट्रका लागि पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानित, सुरक्षित र आत्मसम्मानपूर्ण जीवन बिताउने वातावरण निर्माण गर्न संस्था क्रियाशील रहेको उनले बताए।

कार्यक्रम संस्थाले तीन चरणमा सञ्चालन गर्ने योजनाअनुसार आयोजना गरिएको जानकारी दिँदै अध्यक्ष उपाध्यायले ७० वर्ष उमेर पूरा गरेका ३५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको र ९० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई विशेष सम्मान प्रदान गरिएको बताए।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वरबहादुर जिसीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेमप्रसाद पाण्डेले गरेका थिए।

जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, समाजसेवी, विभिन्न भजन समूह, संस्थाका कार्यसमिति सदस्य, शुभेच्छुक तथा ज्येष्ठ नागरिकसहित करिब ४०० जनाको सहभागिता रहेको कार्यक्रम सम्पन्न भएको संस्थाका सचिव प्रेमनारायण पाण्डेले जानकारी दिए।

ज्येष्ठ नागरिकको सम्मानसँगै उनीहरूको अधिकार, सुरक्षा र आत्मसम्मानका विषयमा सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रमले परिवार तथा समाजमा ज्येष्ठ नागरिकप्रतिको जिम्मेवारीबोध बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
स्वच्छ पत्रकारितामा चुनौति थपिदै आइतबार, असोज ४, २०८३
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग शुक्रबार, असोज २, २०८३
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव बिहीबार, भदौ ११, २०८३
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सोमबार, भदौ ८, २०८३
पक्राऊ पुर्जीबाट  बच्ने अध्यक्ष यादवको अन्तिम  प्रयास पनि असफल
पक्राऊ पुर्जीबाट बच्ने अध्यक्ष यादवको अन्तिम प्रयास पनि असफल शुक्रबार, भदौ ५, २०८३
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्