Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय
  • Home
  • स्थानीय
  • ९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान
९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान
Mero pana
Mero pana आइतबार, कात्तिक २२, २०८३

पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघले आगामी मङ्सिर १७ देखि २९ गतेसम्म ‘९औँ बर्दघाट महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। महोत्सवबाट करिब ३ करोड रुपैयाँ बराबरको कारोबार गर्ने र २ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ।

संघले आइतबार बर्दघाट–४, बाढीपीडितस्थित आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी र उद्देश्यबारे जानकारी गराएको हो। बर्दघाट–४ हरियाली नगरस्थित बर्दघाट मण्डपमा सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन, कृषि उपज, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र बाल उद्यान मुख्य आकर्षणका रूपमा रहनेछन्।

‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघका सचिव डिल्लीराज कँडेलले बताए।

महोत्सवले बर्दघाटलाई पर्यटकीय नगरीका रूपमा परिचित गराउनुका साथै जिल्लाका धार्मिक, ऐतिहासिक तथा मौलिक संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने उनले बताए। स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसारलाई समेत महोत्सवले प्राथमिकता दिने कँडेलको भनाइ थियो।

महोत्सव स्थलमा २५० वटा स्टल रहनेछन्। संघमा आबद्ध भई सदस्यता नवीकरण गरेका व्यवसायीलाई मङ्सिर १५ गतेसम्म स्टल बुकिङ गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै, स्थानीय पालिका तथा घरेलु उद्योगबाट सिफारिस प्राप्त कृषि, हस्तकला र घरेलु उत्पादनका सामग्रीलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ।

महोत्सव प्रवेशका लागि साधारण टिकट दर १०० रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई टिकटमा ३० प्रतिशत छुट तथा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए। टिकट काटेर प्रवेश गर्ने सबै दर्शकका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।

कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको बताउँदै अध्यक्ष न्यौपानेले संघले विपद् व्यवस्थापन कोषलाई १ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको बताए। महोत्सवलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सरोकारवाला सबैसँग समन्वय गरी तयारीलाई तीव्र पारिएको उनले बताए।

महोत्सवमा जिल्लाभित्र उत्पादित घरेलु तथा कुटिर उद्योगका सामग्री, दैनिक उपभोग्य वस्तु, जडीबुटी, कृषि उत्पादन, शैक्षिक तथा स्वास्थ्य सामग्री, बैंकिङ तथा वित्तीय संस्था, होटल, रेस्टुरेन्टलगायतका स्टल रहने संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले बताए।

त्यसैगरी महोत्सवमा बाल उद्यान तथा राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने गौतमले जानकारी दिए।


प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत सोमबार, असोज १९, २०८३
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान आइतबार, असोज १८, २०८३
दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा  उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग
दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग शुक्रबार, भदौ १९, २०८३
प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग
प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग मंगलबार, भदौ १६, २०८३
भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ?
भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ? शनिबार, भदौ ६, २०८३
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो शुक्रबार, साउन २९, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्