Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय
  • Home
  • स्थानीय
  • भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ?
भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ?
Mero pana
Mero pana शनिबार, भदौ ६, २०८३

पश्चिम नवलपरासी । हाटबजारमा उपभोक्ताको भिड अध्यधिक हुने गर्दछ । हाटबजार पहिले घरायसी अत्यावस्यक कृर्षी उपजका सामाग्री खरिद विक्री गरिने स्थानको रुपमा परिचित थियो ।

अहिले पश्चिम नवलपरासीका हाटबजारहरुमा सिमावर्ती भारतबाट भन्सार छली गरेर ल्याईएका सामानहरु खुल्लमखुल्ला विक्रि हुने प्रमुख थलो बनेको छ।  नत ब्यापारी संग खरिद विल हुन्छ न त उपभोक्ताई विल नै दिन्छन् । उपभोक्ताको भिड भने त्यस्तै पसलेकोमा हुने गर्दछ । 

स्थानिय सरकारले समय समयमा हाटबजारको अनुगमन गरेका तस्विरहरु सामाजीक संजालमा देख्न पाईन्छ तर त्यस स्थानिय सरकारका अनुगमनले ब्यापारीलाई कुनै असर पर्दैन । किसानका उत्पादनको बजारीकरणका लागि सहज होस भन्ने उद्देश्यले हाटबजार संचालन गरिने भए पनि किसानका उत्पादन भन्दा बढि अरु बस्तुको ब्यापार हुने गर्दछ । बजारमा कपडा, भाडा, चिनी, घरायसी अन्य सामाग्री प्रशस्त पाईन्छ तर बिल भने पाईदैन ।  

 

शुक्रबार बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा लाग्ने हाटबजारमा गज्जवको दृश्य देखियो । ब्यापारीहरु धमाधम विना विलका सामान विक्रि गरिरहेका थिए । विल खैत त ? भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो अहिले विल छैन । पारी बाट ल्याएको सामान हो । स्वयम ब्यापारीहरुनै आफुहरुले भारतबाट विल विना सामान ल्याएर बेच्ने गरेको स्विकार गर्दछन् ।

पत्रकार संगै पुगेको बर्दघाट नगर स्तरिय उपभोक्ता हक हित संरक्षण मञ्चको टोलीले हाटबजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले ब्यापारीहरुलाई खरिद विल देखाउन आग्रह ग¥यो तर ब्यापारीले आफुहरु संग विल नभएको बताए । आफुहरुले नै बिल नपाऊने भएपछि ग्राहकलाई पनि विल दिन सम्भव नहुने उनीहरुको भनाई थियो ।

सरकारले यतिबेला हरेक उपभोक्तालाई विल लिन आग्रह गर्दै उपहार योजना सञ्चालन गरेको छ । तर बजारमा भने अबैध भन्सार छलि गरि आएका सामाग्रीले उपभोक्ता मात्र होईन उपभोक्ता हक हित मञ्च पनि दिक्दारीमा छ । उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष धनमाया गिरी भन्छिन, "हाटबजार अबैध सामान बेच्ने अखडा जस्तै भए । यसो नहुनुपर्ने थियो ।" गिरीले आफुहरुलाई अनुगमन गर्ने र सुचना दिने बाहेक अरु कुनै अधिकार नभएको बताऊछिन् ।

13-1787384892.jpeg
 

भारत सरकारले आन्तरिक बजारमा चिनिको मुल्य नियन्त्रण गर्न र अभाव हुन नदिन नेपाल सहित अन्य मुलुकमा चिनि निर्यातका लागि रोक लगाएको छ । तर जी टु जी मार्फत भने सरकारले भित्राउने  व्यवस्था रहेको छ । अहिले सिमावर्ती भारतिय बजारबाट अबैध रुपमा चिनी भित्रिने गरेको छ । १ सय रुपैयाँ भन्दा माथिका सामानमा अनिवार्य भन्सार भने पनि सिमाबाट अबैध सामान भित्रने क्रम भने रोकिएको छैन । हाटबजारका ब्यापारीहरु खुल्लमखुल्ला भारतबाट अबैध रुपमा भित्रिएका चिनी , दाल, गेडागुडी, खाद्यान्न लगायतका सामानहरु खुल्लमखुल्ला विक्रि गरिरहेका छन् ।

6-1787384900.jpeg
 


बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरपालिकाले बजार अनुगमनका ऐन निर्माण गरेको बताउँदै सोही अनुसार अनुगमन गरिने बताए। कानुन  बमोजीम अनुगमन गर्ने  गरिएको र कानुन त प्रमुख प्रशासकिय अधिकृत मार्फत कारबाहिको अधिकार रहेको उपाध्यायको भनाई छ ।  अहिले सम्म बजारमा हुने अबैध विक्रि वितरण कन्ट्रोल नभएको भन्दै उनले नागरिकलाई महसुस गराउन नसकेको सत्य भएको बताए । उपप्रमुख उपाध्याय  "हामी त रमिते मात्र हो, समातेका हरुलाई पनि कारबाही  गर्न नसकेको अवस्था छ । कानूनले अधिकार प्रमुख प्रशासकिय अधिकृतलाई दिएको छ ।"


प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत सोमबार, असोज १९, २०८३
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान आइतबार, असोज १८, २०८३
दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा  उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग
दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग शुक्रबार, भदौ १९, २०८३
प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग
प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग मंगलबार, भदौ १६, २०८३
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो शुक्रबार, साउन २९, २०८३
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र मंगलबार, साउन २६, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्