Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • रामग्रामको विकासका लागी भन्दै प्रचण्डको घरबेटिलाई लुम्बिनीका तत्कालीन उपाध्यक्षले पत्र लेखेर बोलाएको खुलासा, ल्हारक्यालले सम्झौता रद्द गर्दै
रामग्रामको विकासका लागी भन्दै प्रचण्डको घरबेटिलाई लुम्बिनीका तत्कालीन उपाध्यक्षले पत्र लेखेर बोलाएको खुलासा, ल्हारक्यालले सम्झौता रद्द गर्दै
Mero pana
Mero pana सोमबार, माघ २९, २०८०

 

 

गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि भनेर निजी क्षेत्रलाई प्रवेश गराउने प्रक्रिया लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले थालेको पाइएको छ । त्रिपाठीले आफ्नो कार्यकाल सकिने बेला अर्को नियुक्तिको लागि लबिङ बलियो बनाउन प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारको प्रमिष्ड ल्याण्डलाई रामग्राम स्तुप क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि अनुरोध गरी पत्र लेखेको पाइएको हो । त्रिपाठीले सन् २०२३ जनवरीमै प्रमिस्ड ल्याण्डलाई पत्र लेखेर रामग्राममा काम गर्न बोलाएको पत्र समेत लेखा समितिमा पेश भएको छ ।

सोही पत्रको आधारमा प्रमिस्ड ल्याण्डले लुम्बिनी विकास कोषमा लगेको प्रस्तावअनुसार लुम्बिनी विकास कोष ऐन बमोजिम आवश्यक सम्झौता गर्नका लागि कोषको कार्यकारिणी समिति बैठकले २०८० जेठ २८ निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो ।

उक्त निर्णय हुनेबेलासम्म कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामाको नियुक्ति भएको थिएन । त्रिपाठीले प्रचण्डका घरबेटीलाई रामग्रामको सो परियोजना दिएर अर्को चार वर्षका लागि आफ्नो नियुक्ति थप्ने प्रयास गरेको बताइन्छ । तर, साउनमा डा. ल्हारक्याल लामा कोषको उपाध्यक्षमा नियुक्त भए ।

डा. लामा आएपछि यसअघिको कार्यकारिणी समितिले तयार पारेको अंग्रेजीको सम्झौतामा हस्ताक्षर गरे पनि उक्त सम्झौताका प्रावधानहरू खारेज गर्दै उक्त समझदारीमा जे सुकै व्यहोरा उल्लेख गरेको भए तापनि सो व्यहोरोको अर्थ संविधान, कानून र सम्बन्धित निकायको स्वीकृति लिएरमात्र परियोजनासम्बन्धी काम अघि बढ्ने अर्को द्विपक्षीय समझदारीमा हस्ताक्षर गरेको पाइएको छ ।

उपाध्यक्ष डा. लामाले आफ्नो पालामा कुनै गलत काम नभएको दावी गर्दै संसदको सार्वजनिक लेखा समितिमा बुझाएको द्विपक्षीय समझदारी पत्रमा नेपालको संविधान, कानून तथा सम्बन्धित निकायको पूर्वस्वीकृतिमा काम गर्ने र यसअघिको प्रस्ताव र समझदारीमा जे लेखिएको भए पनि पछिल्लो सम्झौता नै मान्य हुने उल्लेख छ ।

सो समझदारीमा द प्रमिष्ड ल्याण्ड प्रालिले सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर कोषको अधिनमा रही रामगाम स्तुप क्षेत्रको वृहत्तर गुरुयोजना निर्माण तथा कार्यन्वयन सम्बन्धमा अध्ययन, अनुसन्धान लगायतका कार्यहरू सम्पन्न गर्ने उल्लेख छ ।

सम्झौतामा जग्गा लिजमा दिने कुरा नरहेको र कोषसँग जग्गा समेत नरहेको डा.लामाले बताइसकेका छन् । सो समझदारी विवादमा आएको र लेखा समितिले समेत खारेज गर्न निर्देशन दिइसकेको अवस्थामा तत्कालै कोषको बैठक राखेर प्रमिष्ड ल्याण्डसँगको सम्झौता रद्द गर्ने तयारीमा उपाध्यक्ष डा.लामा रहेको बताइएको छ ।

स्रोतका अनुसार मंगलबारै कोषले सो समझदारी खारेज गर्ने सम्भावना छ । उपाध्यक्ष लामाले यसअघिको नेतृत्व र सरकारले अघि सारेको योजनालाई लुम्बिनीको विकास र संरक्षण हुने प्रावधानसहित अघि बढाउन खोज्दा विवाद भएकाले सो सम्झौता रद्द गर्न लागेका हुन् ।

समझदारीका उपाध्यक्ष डा.ल्हारक्याल लामासहित सदस्य सचिव सानुराज शाक्य, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख सरोज भट्टराई र द प्रमिष्ड ल्याण्डको तर्फबाट निकेश अधिकारीले हस्ताक्षर गरेका थिए ।


प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन् शुक्रबार, भदौ १९, २०८३
प्रतापपुर ७ जग्गा प्रकरणः भुमी प्रशासन कार्यालय नवलपरासीका २ जना कर्मचारी पक्राउ
प्रतापपुर ७ जग्गा प्रकरणः भुमी प्रशासन कार्यालय नवलपरासीका २ जना कर्मचारी पक्राउ बुधबार, भदौ ३, २०८३
सुनचाँदी व्यवसायी माथि गोलि प्रहार
सुनचाँदी व्यवसायी माथि गोलि प्रहार शनिबार, माघ २०, २०८०
सुनवलमा शितभण्डार संञ्चालनमा, किसान उत्साहित तर कसरी भर्ने शितभण्डार ?
सुनवलमा शितभण्डार संञ्चालनमा, किसान उत्साहित तर कसरी भर्ने शितभण्डार ? शुक्रबार, माघ ५, २०८०
एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन गुल्मीकी मनिषाले, ओलीले दिए बधाई
एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन गुल्मीकी मनिषाले, ओलीले दिए बधाई बिहीबार, माघ ४, २०८०
परासी खानेपानीको ४३ लाख बढि महसुल उठ्न बाँकि, नेताहरुले नै महसुल तिरेनन्  - समिति
परासी खानेपानीको ४३ लाख बढि महसुल उठ्न बाँकि, नेताहरुले नै महसुल तिरेनन् - समिति मंगलबार, पुस २४, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्