Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
संघीय सरकार
  • Home
  • संघीय सरकार
  • ठाउँ ठाउँमा प्रहरी चेकिङ तर रोकिदैन तस्करी
ठाउँ ठाउँमा प्रहरी चेकिङ तर रोकिदैन तस्करी
Mero pana
Mero pana बुधबार, भदौ ३, २०८३


पश्चिम  नवलपरासीः पूर्वी नवलपरासीको कावासोतीबाट मंगलबार ठुलो परिमाणमा भारतबाट भन्सार छली गरी ल्याएका अबैध कपडा बरामद भयो । प्रहरीले फलफुल चोकमा चेकजाँच गर्ने क्रममा ना ३ ख ४६६२ नम्बरको ट्रकबाट ६२ लाख ५० हजार बराबरको कपडा फेला पा¥यो ।
यसरी भन्सार छली गरी ल्याईएका सामान बरामद भएको यो पहिलो घटना भने होईन । यी र यस्ता समाचार निरन्तर आईरहन्छन् । पछिल्लो समय सिमा नाकामा कडाई गरिएको बताईए पनि तस्करी हुने क्रम भने रोकिएको छैन । 
प्रहरीले एक हजार थान कुर्था सुरुवाल, १४ हजार ५ सय ६२ मिटर काँचो थान कपडा र १ हजार ५ सय थान साडी बरामद गरेको थियो । बरामद गरेका सबै सामान पश्चिम नवलपरासीको महेषपुर भन्सार कार्यालयमा बुझाईसकेको छ । 
पूर्वी नवलपरासीमा भारतिय सिमाबाट सामान भित्राउने त्रिवेणी नाका बाहेक अरु कुनै नाका छैन । त्रिवेणी आफैमा बन्द नाका हो । खुल्ला सिमा नभएका कारण त्यति सहज देखिदैन ।  भित्रिएको भए पनि पश्चिम नवलपरासी हुँदै पूर्वी नवलपरासी लैजानुपर्ने बाध्यकारी अवस्था छ । 
पश्चिम नवलपरासीको बर्दघाट टिसियनचोकमा पनि निरन्तर प्रहरीको चेकजाँच चलिरहेकै हुन्छ । पश्चिम बाट पूर्व सामान लैजानका लागि बर्दघाट टिसियनचोक पार नगरी प्राय सम्भव नै छैन । 
प्रहरीले चेकजाँच गरेको जस्तो पनि देखिन्छ तर पूर्वी नवलपरासीमा धमाधम भन्सार छलिका सामान प्रहरीले बरामद गरिरहँदा पश्चिम नवलपरासीको प्रहरी प्रशासन प्रति पनि प्रश्न उठ्ने गरेको छ । 
पश्मि नवलपरासीको दक्षिणी सिमाना भारतिय सिमा संग जोडिएको छ । सिमा नाकामा तस्करी भैरहँदा सुरक्षा निकाय संग मिलेमोतो भएको आरोप पनि लाग्ने गर्छ । सानो परिमाणमा प्रहरीले भन्सार छलिका सामान बरामद गरेको समाचार आउने गरे पनि सिमानाकाबाट हुने तस्करी प्रभावकारी रुपमा न्यूनिकरण हुन सकेको छैन । 
सिमानाकाबाट कपडा, चिनी, ईलेक्ट्रोनिक्स सामान, मोबाईल पार्टस तथा खाद्यान्न  लगायतका सामानहरुको ओसारपरार भैरहेको गुनासो छ ।  सिमाबाट सामान भित्रिएपछि सिमामै रहेका सुरक्षा चौकी, विभिन्न ठाउँमा चेकपोष्ट पार गर्दै बर्दघाटको टिसियनचोक पार गर्दै पूर्व तर्फ जाने गर्दछ । 
दाउन्ने, दुम्कीबास हुँदै राजमार्गमा भएका प्रहरि चेकीङ छलेर अबैध सामान पूर्वका विभिन्न बजार सम्म पुग्ने गर्दछ । छिटफुट रुपमा सामान छोपिने गरे पनि ठुलो परिमाणमा हुने तस्करीका सामान कम मात्रामा मात्र प्रहरीले नियन्त्रणमा लिने गर्दछ । 
जिल्ला प्रहरी कार्याल नवलपरासी पश्चिमका प्रहरी उपरिक्षक राम केशीले खुल्ला सिमानाका भएका कारण तस्करी नियन्त्रणमा समस्या भैरहेको बताएका छन्। उनले प्रहरीले मात्र चाहेर नियन्त्रण गर्न नसकिने बताउँदै सबैको साथ आवश्यक रहेको बताऊछन्। 
प्रहरी, स्थानिय र शसस्त्र प्रहरी सबैको साथ भए मात्र काम गर्न सहज हुने उनको भनाई छ । 
नवलपरासी पश्चिमको सिमा क्षेत्रमा आधा दर्जन बढि शसस्त्र प्रहरीका र १ दर्जन बढि नेपाल प्रहरीका पोष्टहरु रहेका छन् । ठाउँ ठाउँमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीका चेकपोष्ट छल्दै तस्कर भैरहनुले नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै प्रति प्रश्न तेर्सिएको छ । 
रुपन्देही, कपिलबस्तु लगायतका जिल्ला बाट हुने तस्करीका सामान पनि पश्चिम नवलपरासी हुँदै पूर्वी नेपालका विभिन्न बजारमा पुग्ने  गर्दछन् । सुनवल, भुमही, बर्दघाट लगायतका क्षेत्रमा राजमार्गमै चेकजाँच हुने गरेको छ तर सामान भने पूर्वी नवलपरासी पुगेर प्रहरीले नियन्त्रणमा लिएपछि सुरक्षा निकाय प्रति भैरहेको आशंकालाई थप बल पुग्ने देखिन्छ ।


प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप संघीय सरकार
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित सोमबार, असोज १९, २०८३
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित बिहीबार, भदौ २५, २०८३
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ) सोमबार, भदौ २२, २०८३
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन बुधबार, भदौ १७, २०८३
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार बुधबार, भदौ १७, २०८३
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन शुक्रबार, भदौ ५, २०८३
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्