संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको २३औँ साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष बम बहादुर खत्रीको अध्यक्षता तथा संघिय सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद विक्रम खनालले वन संरक्षणलाई काठ-दाउरामा मात्र सीमित नराखी उद्यमशीलता, जडीबुटी उत्पादन तथा पर्यापर्यटनसँग जोडेर स्थानीय समुदायको आम्दानी बढाउनुपर्ने बताए। उनले वन संरक्षणसँगै आर्थिक समृद्धिलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वनलाई स्थानीय रोजगारी र आयआर्जनको दिगो स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
खनालले वन उपभोक्ता समिति र सरकारी निकायबीच विवादभन्दा पनि सहकार्य, समन्वय र आपसी समझदारी आवश्यक रहेको बताए। वनको दिगो व्यवस्थापन, संरक्षण र उपयोगका लागि सबै पक्षबीच सहकार्य बढाउन सके मात्रै वन संरक्षणसँगै स्थानीय समुदायको समृद्धि सम्भव हुने उनको भनाइ थियो।
कार्यक्रममा नगर प्रमुख शम्भु लाल श्रेष्ठले सामुदायिक बनले जल जंगल र पर्यावरण जोगाउन संस्थाले खेलेको भूमिका स्रहानिय रहेको भन्दै सामुदायीक वनले गरेका वृक्षारोपण संरक्षण नभएको गुनासो गरे। उनले वन पैदावार वितरणमा समान अधिकार हुनेहुँदा पारदर्शी हिसाबले दिनुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा डिभिजन वन कार्यालय पश्चिम नवपरासीका कार्यालय प्रमुख डिभिजन बन् अधिकृत धनिस्वर न्यौपानेले उपभोक्ता समूहले भनेजस्तो करको मारमा समूह नपरेको बताएका छन् । उनले उपभोक्ता भन्दा अन्यलाई बिक्री गर्दा लाग्ने करलाई उपभोक्तालाई परेको बोझ सम्झनु गलत बुझाइ रहेको बताए।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं १० का वडा अध्यक्ष राजु मिश्रले सामुदायिक वनले गरेका हरेक गतिविधिमा वडा प्रत्यक्ष सहभागी भएको बताए।
कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघ केन्द्रिय अध्यक्ष रेणु सेनले नीति विधिको तारतम्य नमिल्दा सामुदायिक वन अत्यन्त नाजुक अवस्थामा रहेको बताइन्। उनले वन नियमावली, कानुनका कारण सामुदायीक वनलाई हरेक गतिविधिमा बाधा पुगेको बताइन्। उनले सरकारले नाफा मुखी संस्था होइन पनि भन्ने तर अत्यधिक कर पनि लिने गरेर वन लाई असहज परिस्थिति निर्माण भएका कारण कानुन संशोधनको आवश्यकता रहेको बताइन्।
कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघ केन्द्रिय सदस्य कमल पराजुलीले वन अतिक्रमण गरी गरिने निर्माणका काममा सरकारले कुनै पनि लगानी नगरिदिन आग्रह गरे। उनले मठ मन्दिरका नाममा गरिएका लगानीका कारण वन अतिक्रमण बढिरहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानी सामुदायीक बन् उापभोक्ता समूहका अध्यक्ष होम बहादुर गुरुङले उत्सर्जन वापतको रकम वैज्ञानिक तरिकाले वितरण गर्नुपर्ने विचार व्यक्त गरे । उनले रकम वितरण गर्दा सरोकारवाला सँग छलफल गर्नुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा समूहका सल्लाहकार बालिन्द्र विक्रम शाहीले अनुगमन समिति र लेखा समितिले दिएका सुझाव कार्यान्वयन गर्न आग्रह गरे।
कार्यक्रममा पञ्चनगर खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तारा बहादुर खत्रीले "जब सम्म हामीले बनको संरक्षण गर्न सक्दैनौ तब सम्म हाम्रा पानीका मूल संरक्षण हुँदैनन् "। उनले थपे रूख काटे पछि रोपिएका बिरुवालाई संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष बम बहादुर खत्रीले समूहका सदस्य परिवारका सदस्य मृत्यु हुँदा रु ९९,६००/- को दाउरा उपलब्ध गराइएको, वन क्षेत्रमा ८१०० बिरुवा रोपिएको, पञ्चनगर स्वास्थ्य चौकी ९वटा बेन्च हस्तान्तरण गरिएको विवरण सभामा पेश गरेका थिए। उनले वन क्षेत्र भित्र रहेको बाउन्न घोला सिमसारको निर्माण तथा व्यवस्थापनमा समूहले लगानी गरेको र यस क्षेत्रलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन सम्पूर्ण सरोकारवाला सँग छलफल गरी पर्यापर्यटन पार्क निर्माण गरिने जानकारी गराए। त्यस्तै उनले रु १९०३४३२५ /- को आगामी कार्ययोजना प्रस्तुत गरेका छन्।
त्यस्तै कार्यक्रममा समूहका सचिव दिलकुमार सुनारले समितिले वर्ष भरी गरिएका गतिविधि समेटिएको सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा समूहका कोषाध्यक्ष केम प्रसाद थापाले रु १,४३,७७,३१०/- को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले समूहले गत आर्थिक वर्षमा रु १,४३,७७,३१०/- आम्दानी गरेको र त्यस मध्य रु.१४१०३३३२/-खर्च गरी रु २,७३,९७७/- बचत गरेको प्रतिवेदन प्रस्तुत गरेकाथिए।
कार्यक्रममा लेखासमितिका संयोजक शंकर प्रसाद पाण्डेयले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा अनुगमन समितिका संयोजक रुद्र बहादुर कार्कीले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले जंगल डढेलो नियन्त्रण गर्न पूर्व योजना बनाउनु पर्ने, चोरी निकासी न्यूनीकरण गर्न आवश्यक कार्ययोजना बनाउनु पर्ने, विपन्न परिवारलाई जिविकोपार्जनहुने तालिमको योजना बनाउनुपर्ने सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अनिता देवी दुसादको रहेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव दिल कुमारी सुनारको रहेको थियो।
कार्यक्रममा समूहले १० जना अति विपन्न परिवारका सदस्यलाई स्टेसनरी र पोसाक वितरण गरेको छ।
.jpeg)