Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
संघीय सरकार
  • Home
  • संघीय सरकार
  • भारतीय दूतावासले नेपालमा सोझै २० करोड सम्म खर्च गर्न सक्ने गरी सम्झौता, अरु के के भए सम्झौता पढ्नुहोस्
भारतीय दूतावासले नेपालमा सोझै २० करोड सम्म खर्च गर्न सक्ने गरी सम्झौता, अरु के के भए सम्झौता पढ्नुहोस्
Mero pana
Mero pana बिहीबार, पुस १९, २०८०

नेपाल–भारतको संयुक्त बैठकमा विवादास्पाद हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) मा सम्झौता भएको छ । एचआईसीडीपी परियोजना सञ्चालन गर्ने सहमतिमा अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन् । अहिले भएको सहमतिअनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब समुदायस्तरमा सोझै एउटै परियोजनामा २० करोडसम्म लगानी गर्नसक्नेछ । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भारतले यो परियोजना सुरु गरेको थियो । त्यतिबेला सुरु भएको यो परियाजनामा सम्झौताअघि ५ करोडसम्म खर्च गर्न व्यवस्था रहेको थियो । अहिले त्यसको सीमा बढाएर २० करोड पुर्‍याइएको छ । नेपालमा राजनीतिक तहमा निकै विवादित उक्त परियोजना नियन्त्रण गर्नुपर्ने आवाज पनि उठेको थियो । त्यसलाई परिमार्जन गर्नेगरी केही छलफल पनि भएका थिए । तर, सरकारले भारतलाई सरकारी च्यानलबाट उक्त खर्च गराउन सहमति जुटाउन  नसकेपछि खर्चको सीमा बढाउने गरी सहमति गरेको छ । 

त्यसैगरी, काठमाडौंमा भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा एचआईसीडीपीसहित चारवटा सहमति भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा व्यापार सम्झौता भएको छ । उक्त सम्झौता नुसार भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने गर्नेछ । 

उक्त सझौताका लागि वातावरण भने प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डको भारत भ्रमणको बेलामा भएको थियो । भारतले आफ्नो लगानी  भएका जलविद्युत् आयोजनाको मात्रै विद्युत् खरिद गर्ने बताउँदै आएको छ । त्यसैगरी, नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ । चौथो सहमति भने भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने रहेको छ 


प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप संघीय सरकार
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित सोमबार, असोज १९, २०८३
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित बिहीबार, भदौ २५, २०८३
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ) सोमबार, भदौ २२, २०८३
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन बुधबार, भदौ १७, २०८३
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार बुधबार, भदौ १७, २०८३
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन शुक्रबार, भदौ ५, २०८३
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्