Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
संघीय सरकार
  • Home
  • संघीय सरकार
  • कसरी भयो चार दिनमा ५५ अर्ब राजस्व संकलन !
कसरी भयो चार दिनमा ५५ अर्ब राजस्व संकलन !
Mero pana
Mero pana शुक्रबार, पुस २७, २०८०

राजश्व संकलन अपेक्षाकृति हुन नसकिरहेको अवस्थामा पछिल्लो केहि दिनमै राजश्व ंसंकलन ह्वात्तै बढेको छ । चालु वर्षको राजस्व वृद्धिदर १६ प्रतिशत माथि पुगेको छ।  गत भदौ महिनासम्म १६ महिना लगातार ओरालो लागेको राजस्व वृद्धिदर असोजबाट उकालो लाग्न सुरू गरेको थियो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्ष ९२०८०–८१० को साउनदेखि पुस २६ गतेसम्म चार खर्ब ६१ अर्ब बढीको राजस्व उठेको छ। आर्थिक वर्ष २०७९–८० को साउनदेखि पुस २६ गतेसम्म तीन खर्ब ९८ अर्ब रूपैयाँको राजस्व उठेको थियो। यो गत वर्षको तुलनामा ६३ अर्ब बढी हो।

पछिल्लो चार दिनमा मात्रै सरकारको राजस्व खातामा ५५ अर्ब एक करोड ३६ लाख रूपैयाँ संकलन भएको छ। पुस २३ गते सात अर्ब ६० करोड ५१ लाख राजस्व संकलन भएको थियो। त्यस्तै पुस २४ गते १७ अर्ब ४१ करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन भएको छ। यो तीन दिनको अवधिमा कात्तिक महिनाको कारोबारको आधारमा भएको मूल्य अभिवृद्धि करका साथै नेपाल राष्ट्र बैंकको गत वर्षको आम्दानीबाट १० अर्ब लाभांश पनि प्राप्ति भएको कारण संकलन बढेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्। 

करदाताले हरेक महिनाको कारोबार विवरण सम्बन्धित महिना समाप्त भएको २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा बुझाएर मूल्य अभिवृद्धि कर दाखिला गर्नुपर्छ। अग्रिम कर (टिडिएस) पनि २५ गतेभित्र नै बुझाउनु पर्ने हुन्छ। त्यस्तै हिजो ९पुस २६ गते० एकै दिनमा १८ अर्ब ५३ करोड ९२ लाख रूपैयाँ राजस्व संकलन भएको छ। 

केही कम्पनीले चालु वर्षको वार्षिक अनुमान योग्य आम्दानीबाट तिर्नुपर्ने  करको ४० प्रतिशत बुझाइसकेको कारण यस दिन बढी संकलन भएको राजस्वका अधिकारीहरूले बताएका छन्। आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ। थप ६० प्रतिशतमध्ये चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ। त्यस्तै असार महिनामा थप ३० प्रतिशत कर सहित शत प्रतिशत कर बुझाउनु पर्ने हुन्छ।

त्यस्तै गत वर्षको अन्तिम आय विवरण बुझाएर त्यस बापतको कर बुझाउनु पर्ने हुन्छ। अनुमानयोग्य आम्दानीभन्दा १० प्रतिशत बढी आय भएको खण्डमा ब्याजसहित यस्तो कर बुझाउनु पर्ने र १० प्रतिशतभन्दा कम भएको अवस्थामा जति बढी आय भएको हो, त्यस बापतको कर पुस मसान्तसम्म बुझाइ सक्नुपर्ने हो।

सरकारले चालु वर्षमा ४० प्रतिशतको राजस्व वृद्धिको अनुमान गरे पनि पूरा हुन नसक्नेमा अर्थका अधिकारीहरू सहमत देखिन्छन्। अर्थमन्त्री प्रकाशरण महतले नै वास्तविक उठ्न सक्ने राजस्वको तुलनामा अनुमान गरिएको राजस्व बढी भएको स्वीकारेका छन्। चालु आर्थिक वर्षको बजेटमा यो वर्ष १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। पुस महिनासम्म ६ खर्ब ६८ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। बिहीबारसम्म भने ४ खर्ब ६१ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ। 

त्यस्तै पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँ राजस्व संकलन गरिसक्ने लक्ष्य अर्थमन्त्रालयले निर्धारण गरेको छ। अघिल्लो २६ दिनको अवधिमा भने ९८ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। सरकारले राखेको ४० प्रतिशतको राजस्व वृद्धिदर असम्भव प्रायः भए पनि करका आधारहरू बढेको कारण पुसमसान्तसम्म २० प्रतिशतसम्मको वृद्धिदर पुग्ने अपेक्षा राजस्व अधिकारीहरूको छ। सरकारले यो वर्ष १७० वस्तुको भ्याट छुट र ३४० वस्तुको अन्तशुल्क खारेज गरेको थियो। त्यस्तै विलासी कर, वैदेशिक रोजगारी शुल्क, पर्यटन शुल्क लगायतका नयाँ शुल्कहरू पनि यसै वर्षबाट तोकिएको छ। 

कम्पनीले जारी गर्ने आइपिओ तथा बार्गेन पर्चेजबाट हुने लाभमा पनि यो वर्षबाट कर उठाइएको छ। विगतमा यस्तो कर नउठाइएकोमा चालु वर्षको बजेटले दिएको छुटको लाभ लिएर करदाताले ११ अर्ब बढीको यस्तो कर बुझाएका छन्।  त्यस्तै गत वर्षदेखि सामाजिक सञ्जाल कम्पनीहरूसमेत करको दायारामा आएका छन्। 


प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
थप संघीय सरकार
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित सोमबार, असोज १९, २०८३
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित बिहीबार, भदौ २५, २०८३
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ) सोमबार, भदौ २२, २०८३
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन बुधबार, भदौ १७, २०८३
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार बुधबार, भदौ १७, २०८३
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन शुक्रबार, भदौ ५, २०८३
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्