Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
संघीय सरकार
  • Home
  • संघीय सरकार
  • नयाँ मापदण्डमा सवारी लाइसेन्सको अवधि १० वर्ष, यातायात क्षेत्रमा के के नयाँ नियम सिफारिस हुदैछ ? 
नयाँ मापदण्डमा सवारी लाइसेन्सको अवधि १० वर्ष, यातायात क्षेत्रमा के के नयाँ नियम सिफारिस हुदैछ ? 
Mero pana
Mero pana सोमबार, माघ २९, २०८०

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गर्दैछ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार सवारी तथा यातायात व्यवस्था विधेयक(२०८० को मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सवारी क्षेत्रमा विभिन्न परिवर्तनहरू भइरहेका छन्। चलायमान रहने यो क्षेत्रको तीन दशकभन्दा अघिको सवारी तथा यातायात व्यवस्था ऐन(२०४९ लाई संशोधन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन(२०८० जारी गर्न लागिएको हो। 

ुचलायमान क्षेत्र भएकाले यहाँ हरेक दिन केही नयाँ भइरहेकै हुन्छ। २०४९ को ऐनले मात्र अहिलेको अवस्था समेट्न सकेको छैन। त्यसैले नयाँ व्यवस्था र ऐनको खाँचो छ। अहिले मस्यौदा तयार हुँदैछ। छिट्टै संसदमा पेस गरिनेछ,ु उनले भने। यातायात ऐन(२०४९ ले यस क्षेत्रमा देखिएका समस्याको समाधान नदिएपछि सरकारले विभिन्न समय सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ र यातायात व्यवस्था कार्यविधि निर्देशिका(२०६० मा आधारित कार्य सम्पादन र आवश्यक कारबाही गर्दै आएको छ।

२०७२ सालमा देश संघीय व्यवस्थामा गएपछि भने प्रदेश सरकारले नै आवश्यक कानुन निर्माण गर्दै कार्यान्वयन गर्न सुरू गरेको थियो। तर संघकै कानुनी व्यवस्थामा कतिपय विषय नसमेटिएपछि प्रदेश कानुनसँग बाझिन पुग्यो। विभिन्न समय कार्यान्वयनमा समेत समस्या देखापरेपछि मन्त्रिपरिषदबाटै निर्देशन जारी गरी समस्या सामाधान गर्नुपर्नेसम्मको अवस्था सिर्जना भएको थियो। मन्त्रालयले तयार गरिरहेको नयाँ विधेयकले सवारी तथा यातायात क्षेत्रमा भएका विषयहरू समेट्ने र समस्याहरूको समाधान गर्ने अपेक्षा लिइएको छ।

ुव्यवसायीहरूको गुनासो र समस्या पनि सम्बोधन हुने गरी ऐन आउने अपेक्षा छ,ु नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने।  महासंघ समेत सदस्य रहेको समितिले यातायात क्षेत्रमा भएका चुनौती र समाधान गर्न आवश्यक सुझावसहित तयार पारेको प्रतिवेदन यातायात मन्त्रालय र विभागलाई बुझाएको छ। महानिर्देशक रिजालका अनुसार प्रतिवेदनमा उल्लेख विषय समेत ध्यानमा राख्दै विधेयक तयार भएको छ। 

विधेयकको मस्यौदामा नेपालमा सवारी साधन उत्पादन एवम् एसेम्बलसम्बन्धी व्यवस्था समेटिएको छ। हालसम्म संघीय कानुनमा यससम्बन्धी कुनै व्यवस्था छैन। यसैकारण पछिल्लो समय नेपालमै उत्पादन हुने ुयात्रीु बाइकको दर्ता प्रक्रिया झन्झटिलो हुन पुगेको थियो। मस्यौदामा नेपालमा उत्पादन भएका वा एसेम्बल भएका सवारी साधनको दर्ता प्रक्रियालगायत नियमनसम्बन्धी कानुन उल्लेख छ। जसअनुसार यस्ता सवारी प्रदेश कानुन बमोजिम दर्ता भई सञ्चालन गर्नुपर्नेछ।

पाटपुर्जा उत्पादन वा एसेम्बल गरी सवारी उत्पादन गर्ने कारखाना स्थापना गर्न भने विभागबाट अनुमति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। सवारी चालक प्रशिक्षण केन्द्र, प्रदूषण परीक्षण केन्द्र र वर्कशपको मापदण्ड भने मन्त्रालयले निर्धारण गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै राइड सेयरिङ एप सञ्चालनसम्बन्धी विषय पनि समेटिएको छ। यी एपलाई ऐनले ुएग्रिगेटरु परिभाषा गरेको छ। एग्रिगेटर भन्नाले यातायात सेवा सञ्चालन क्रममा सेवाग्राहीलाई सेवा प्रदायकसँग विद्युतीय वा अन्य माध्यमबाट आबद्ध गर्ने मध्यस्थकर्ता डिजिटल इन्टरमिडियरी भनेको छ। 

राइड सेयरिङ एप दर्ता लगायत विषय प्रदेश कानुनअनुसार हुने बताइएको छ। हाल प्रदेश कानुनमा पनि राइड सेयरिङ एपका विषयमा स्पष्ट नीति छैन। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार राइड सेयरिङ एप दर्ता लगायत नियमनका विषय समेट्न स्पष्ट नीतिका लागि कार्यविधि तयार हुँदैछ। कार्यविधि सार्वजनिक हुन करिब दुई महिना लाग्नेछ। 

विधेयक मस्यौदामा सवारीको दर्ता, पुनः दर्ता, नामसारी, नवीकरण, विवरण हेरफेर र लगतकट्टा लगायतको विषय विभागले नभई प्रदेश कानुन बमोजिम हुने समेत व्यवस्था गरिएको छ। त्यस्तै, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी पनि नयाँ व्यवस्था लागू हुने सम्भावना उच्च छ। लाइसेन्सको बहाल अवधि दस वर्षको हुने व्यवस्था लागू गर्न खोजिएको हो। अहिले पाँच वर्ष छ।द म्याद नाघेको पाँच वर्षसम्म पनि थप दस्तुर बुझाई नवीकरण नगरेमा लाइसेन्स स्वतः रद्द हुने प्रस्ताव पनि अघि सारिएको छ।

ठूला सवारी चलाउन चालकको उमेर २३ वर्ष र मझौला तथा साना चारपांग्रे चलाउन २१ वर्ष पूरा हुनुपर्ने व्यवस्था गरेको छ। दुईपांग्रे ९बाइक तथा स्कुटर० चलाउन भने १८ वर्ष पूरा हुनुपर्नेछ। व्यावसायिक सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि सामान्य लेखपढ भए पुग्ने व्यवस्था थियो। हालसम्म विभागबाट जारी भइरहेको लाइसेन्स प्रदेश सरकार अन्तर्गतका निकायबाट जारी हुने व्यवस्था पनि विधेयक मस्यौदा समेटिएको छ।


प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप संघीय सरकार
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित सोमबार, असोज १९, २०८३
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित बिहीबार, भदौ २५, २०८३
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ) सोमबार, भदौ २२, २०८३
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन बुधबार, भदौ १७, २०८३
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार बुधबार, भदौ १७, २०८३
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन शुक्रबार, भदौ ५, २०८३
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्