Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
संघीय सरकार
  • Home
  • संघीय सरकार
  • दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम आजदेखि
दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम आजदेखि
Mero pana
Mero pana आइतबार, फागुन १३, २०८०

सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु गर्दैछ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि आउँदो चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अभियानमा ५७ लाख ४२ हजार ९९३ जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । तराईका २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७९ सालको मङ्सिर ३ गतेदेखि गएको पुस १५ सम्मको तथ्याङ्क अनुसार नेपालमा एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको ज्यानसमेत गएको थियो । नेपालमा बितेको ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ ।

सरकारले सन् २०१९ मै दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो । सन् २०२३ को लक्ष्यसमेत नभएपछि पुनः सन् २०२६ सम्ममा निवारण गर्ने अर्को लक्ष्य सरकारले निर्धारण गरेको छ ।

यसअघि कोरोना महामारीको बेला धेरैले नियमित खोप नलगाएका कारण विभिन्न ठाउँमा दादुरा–रुवेला फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले नियमित खोप अन्तर्गत हरेक बालबालिकालाई नौ महिना र १५ महिनामा दादुरा–रुवेला विरुद्धको खोप लगाउँदै आएको छ ।

त्यसरी नियमित खोप अन्तर्गत दादुरा–रुवेला विरुद्धको दुवै मात्रा खोप लगाएका बालबालिकाले पनि अभियानमा खोप लगाउनु पर्ने स्वास्थ्य विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताउनुभयो ।दादुरा–रुवेलाको खोपको पहिलो मात्राले ८५ प्रतिशत, दुई मात्राले झण्डै ९५ प्रतिशत र तीन मात्राले शतप्रतिशतकै हाराहारीमा सुरक्षा प्रदान गर्ने भएकोले अभियानमा खोप लगाउन डा गौतमको सुझाव छ ।

खोप लगाउँदा सामान्य दुखाइ भए पनि अरु समस्या नहुने भएकोले ढुक्क भएर खोप लगाउन र अत्याधिक ज्वरो आएको, अस्पतालमा भर्ना भएर उपचार गराइरहेको तथा क्यान्सर लगायतका उपचार गराइरहेको अवस्थामा भने स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्ने डा अभियान गौतमले बताउनुभयो । 


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप संघीय सरकार
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित सोमबार, असोज १९, २०८३
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित बिहीबार, भदौ २५, २०८३
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ) सोमबार, भदौ २२, २०८३
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन
पश्चिम नवलपरासीमा १३३ मानव अंग तथा शव व्यवस्थापन बुधबार, भदौ १७, २०८३
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार
नारायणीको कटानले थरथराउँदै सुस्ता: स्थायी समाधान खोज्दै संघीय सरकार बुधबार, भदौ १७, २०८३
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन शुक्रबार, भदौ ५, २०८३
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय
विद्युत महशुल घटाऊने तयारीमा उर्जा मन्त्रालय बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्