Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • परासी खानेपानीको ४३ लाख बढि महसुल उठ्न बाँकि, नेताहरुले नै महसुल तिरेनन् - समिति
परासी खानेपानीको ४३ लाख बढि महसुल उठ्न बाँकि, नेताहरुले नै महसुल तिरेनन् - समिति
Mero pana
Mero pana मंगलबार, पुस २४, २०८०

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको महसुल लाखाँै उठ्न बाँकि रहेको छ । जसका कारण खानेपानी संस्थाको खर्च व्यवस्थापन र धारा विस्तारमा समस्या भएको छ । समितिले १५ दिन भित्र पानीको महसुल नबुझाए धारा काट्ने चेतावनी दिएको छ । वर्षो देखिको लाखौँ महसुल उपभोक्ताबाट उठाउन बाँकि रहेका कारण  १५ दिन भित्र महशुल बुझाउन उपभोक्तालाई समय दिएको छ । अब पनि महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारण सभाले निर्णय गरेको समितिका अध्यक्ष खगेश्वर पन्थिले जानकारी दिनुभयो ।

आगामी माघ पाँच गते भित्र पानीको वाँकी महशुल भुक्तानी नगरे धारा पनि काटिन्छ र रकम सहित महसुल नतिर्नेको नाम समेत सार्वजनिक गरिनेछ अध्यक्ष पन्थीले भन्नुभयो । समितिले खानेपानी उपभोग बापतको ४३ लाख २३ हजार ५ सय ८१ रुपैयाँ ग्राहक बाट उठाउन बाँकि छ । गत आर्थिक वर्षको मसान्त सम्म ५१ लाख ३८ हजार बक्यौता रहेकोमा चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा ८ लाख १५ हजार बक्यौता महसुल उठेको छ । समितिले अब खानेपानी प्रभावकारी रुपमा वितरण गर्न सक्ने अवस्थामा भएपनि आर्थिक अभाव रहेकाले महसुल उठाउने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष पन्थिले बताउनुभयो । समितिका अनुसार घरासयी उपभोक्ताको रुपमा खानेपानी उपभोग गर्नेहरुको महसुल बक्यौता बढि देखिएको छ ।

केहि संस्थागत र  व्यक्तिगत गरी महसुल नबुझाउने ९ ओटा धारा समितीले काटेको छ । परासीमा बस्ने विभिन्न राजनैतिक दलका नेताहरुले नै वर्षो देखि खानेपानीको महसुल नबुझाएको पाईएको छ । ुराजनैतिक दलका नेताले नै महसुल बुझाएका छैनन्, पैसा नतिरे धारा काट्छौ भन्दा धम्कि दिन्छन्, अब हामि कडाईका साथ महसुल उठाउन केन्द्रित हुन्छौ अध्यक्ष पन्थिले भन्नुभयो । तिन महिना सम्म महसुल नबुझाउने ग्राहकको धारा बन्द गर्ने निति भएपनि समितिले कार्यान्वयन नगर्दा महसुलको बक्यौता लाखाँै पुगेको हो । २ पटकसम्म पनि कोरम नपुगेपछि आज तेश्रो पटक डाकिएको साधारण सभाले बाँकि महसुल उठाउने लगायतका विभिन्न निर्णय गरेको छ ।

समितिले रामग्राम वडा नम्बर १ र ६ मा रहेको दुई ओटा खानेपानी ट्याङ्कि मार्फत १७ सय बढि घरधुरीलाई खानेपानी वितरण गर्दे आएको छ । पोखरापालीमा रहेको ट्याङ्किको पानी पनि अहिले वितरण भईरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । वुद्धचोकमा पोखरापालीबाट आएको पानीको पाईप विस्तारका लागी काम गरी झन्डै ३ हजार घरधुरीलाई पानी वितरण गर्ने समितिको तयारी छ । 


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन् शुक्रबार, भदौ १९, २०८३
प्रतापपुर ७ जग्गा प्रकरणः भुमी प्रशासन कार्यालय नवलपरासीका २ जना कर्मचारी पक्राउ
प्रतापपुर ७ जग्गा प्रकरणः भुमी प्रशासन कार्यालय नवलपरासीका २ जना कर्मचारी पक्राउ बुधबार, भदौ ३, २०८३
रामग्रामको विकासका लागी भन्दै प्रचण्डको घरबेटिलाई लुम्बिनीका तत्कालीन उपाध्यक्षले पत्र लेखेर बोलाएको खुलासा, ल्हारक्यालले सम्झौता रद्द गर्दै
रामग्रामको विकासका लागी भन्दै प्रचण्डको घरबेटिलाई लुम्बिनीका तत्कालीन उपाध्यक्षले पत्र लेखेर बोलाएको खुलासा, ल्हारक्यालले सम्झौता रद्द गर्दै सोमबार, माघ २९, २०८०
सुनचाँदी व्यवसायी माथि गोलि प्रहार
सुनचाँदी व्यवसायी माथि गोलि प्रहार शनिबार, माघ २०, २०८०
सुनवलमा शितभण्डार संञ्चालनमा, किसान उत्साहित तर कसरी भर्ने शितभण्डार ?
सुनवलमा शितभण्डार संञ्चालनमा, किसान उत्साहित तर कसरी भर्ने शितभण्डार ? शुक्रबार, माघ ५, २०८०
एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन गुल्मीकी मनिषाले, ओलीले दिए बधाई
एकै वर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन गुल्मीकी मनिषाले, ओलीले दिए बधाई बिहीबार, माघ ४, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्