Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
Mero pana
Mero pana बुधबार, साउन २७, २०८३

न नागरिकता छ । न आफ्नै जमिनको लालपुर्जा । न गतिलो शिक्षा छ । न त उपचार गर्नुपरे कुनै राम्रो स्वास्थ्य संस्था नै छ । घर घरमा सिंहदरबार नाममात्रको । लाल पूर्जा विहिन जमिन खनि खोस्री गरेको पनि दशकौ भयो । पुस्तौ विते नागरिकताको पर्खाईमा । भारतिय सिमा सुरक्षा बलले दुःख दिन थालेको पनि बषौँ भयो । हरेक बर्ष बर्षालागे सगै बाढिको डरले घरमा सुत्न नपाएको पनि दशकौ भयो । नागरिकता विहिन नागरिकरुपमा लामो समय देखि नेपालको भूमि बचाँऊदै आएका सुस्ता बासीको पिडा भनि साध्य छैन, सुनी साध्य छैन । सुस्ताको भूमि र सिमा रक्षालाई मध्यनजर गर्दै राजा महेन्द्रले बस्ती बसालेका थिए । त्यस यता अभावै अभावमा छन् सुस्ता बासी । र पनि नेपाली भूमिका लागि आई परे ज्यान दिन तयार छन् सुस्ताबासी राजा महेन्द्रको पाला देखि नै । यति बेला तिनै सुस्ताबासी नारायणी नदि किनारमा बसेर आफ्नो भविष्य हेर्दै छन ।

यी नदि किनारमा बसेर आफ्नो भविष्य हेर्दै गरेकी नारी हुन् साब्रुन खातुन । उमेरले पाँच दशक पार गरिसकेकी उनि सुस्तामा भारतिय सिमा सुरक्षा बल र नारायणी नदि अर्थात उनको भाषामा गंगा मैया संग लड्न लागेको पनि ४ दशक बढि भयो । हरेक बर्षातको समयमा सुस्ताबासीको बास नदि किनारमा हुन गर्दछ । अहिले पनि त्यस्तै भयो । ८ जनाको परिवारको हातमुख जोर्न दैनिक ज्यालादारीमा जानुपर्ने घरका परिवार करिब २० दिन देखि नदि किनारमा बाढिसंग लडि रहेका छन दिन रात नभनी । कमाऊन जान नपाएपछि घरमा खानेकुराको पनि कमि हुन थालेको छ । भारतिय सिमा सुरक्षा बल र नारायणी नदिको बाढि संग दशकौ देखि लड्दै आएकी साबु्रन अहिले भने केहि थकित छिन । उनि भन्छीन, अझै लडि रहन्छु सरकार तर अब नागरिकता र लाल पुर्जा दिईनस भने आफै संसद भवन अगाडी विष पिएर मर्ने छु। हामी लाई यस्तो पिडामा राख्नुभन्दा सबैलाई विषको कार्टुन किनेर ल्याईदे हाम्रो घरमा खानेकुरा पनि सकिनलाग्यो अब हामी सबै विष पिएर मछौ । मलिन अनुहार गर्दै दुखेसो आफ्नै भाषामा पोखिन ।

 यी त एक प्रतिनिधि पात्र मात्र हुन । यस्ता पिडा सुस्ता बासी सबैको छ । वि.सं.२०२२ सालमा राजा महेन्द्रले भुपु सैनिक किसोर कुमार गुरुङ्गको अगुवाईमा सुस्ताको नेपाली भूमि बचाउन बन फडानी गरि बस्ती बसाले । सुस्ताको भूमि र सिमा रक्षालाई मध्यनजर गर्दै राजाले तत्कालिन समयमा ४० हजार ९ सय ८० हेक्टर जमिन बस्ती बसाले । वि.सं.२०३४ सालमा नारयणी नदिमा आएको भिषण बाढिले सुस्ता बासीको सपना चकना चुर पारिदियो । सुस्तामा बाढि पसेर मरुभूमि तुल्य भयो । त्यस यता सुस्ताबासीको समस्या सधै बल्झी रहेको छ बारम्बार । हाल सुस्तामा ३ हजार १ सय ३३ जनसंख्या रहेको छ । हरेक चोटबाट गल्दै गएका सुस्ताबासी हाल थाकेका छन् । विभिन्न समयमा विभिन्न व्यक्तिबाट दिईने भरोसाले केहि आत्मबल बढेपनि सुस्ताबासी पिडै पिडा केहि कम हुन सकेको छैन ।

 आफु पहिलो पटक सुस्तामा आएपनि सुस्ताको समस्याका बारेमा केहि जानकार थिए डा. निकालोस भुषाल । तर शिक्षा, स्वास्थ्य, नागरिकता, लालपूर्जाको समस्या त छदै छ तर सुस्ता र सुस्ता बासी बचाँऊन यतिबेला सबै एकजुट भएर लाग्नुपर्ने बताएका डा. भुषाल भन्छन, मैले सुनेको सुस्ता र देखेको सुस्तामा धेरै फरक रहेछ । सुस्ता बासी पिडै पिडामा बाची रहेका रहेछन । उनले भने, सरकार पहिले सुस्ता बासी र सुस्ता बचाँऊ ।

यतिबेला सुस्तामा करिब १ किलोमिटर लामो तटबन्धन निर्माण कार्य जारी छ । अन्तिम समयमा आएर भारतिय पक्षले विरोधका कारण निर्माणकार्यले केहि ढिला भएपनि त्यसका बाबजुत सुस्ताबासी निर्माण कार्यमा तल्लिन थिए । तर प्रकृतिको अगाडी कसैको केहि लागेन । सुस्ता जोगाऊन आफुहरुलाई धेरै दिन लागेको काम बाढिले क्षण भरमै बगाईदियो । तर पनि सुस्ताबासीकालागि साथ दिने व्यक्तिहरुका कारण आफुहरु दिनरात नभनी सुस्ता बचाँऊन लागि परेको बताऊछन् सुस्ता बचाँऊ अभियानका प्रबक्ता रविन्द्र जयसवाल।

हरेक सरकारबाट हण्डर खादै सुस्ता बासी यति बेला पनि सिमा रक्षामै जिवन व्यतित गरि रहेका छन । बारम्बार गरिएको अतिक्रमण बाट कति भूमि विवादित छ आधिकारीक रेकर्ड छैन । बारम्बार बाढि र भारतियले छिन्न भिन्न बनाएको सुस्ता बासीको पिढा ज्यूका त्यू छ । नेता आउने जाने क्रम चलि रहेको छ । तर सुस्ता बासीको पिडामा कसैले साथ नदिएको सुस्ता बासिको गुनासोमा रहि आएको छ । 

निर्माणाधिन नदि नियन्त्रण बाँघ निर्माणमा यतिबेला स्थानिय, प्रहरी, आयोजना कार्यालयका कर्मचारी ससस्त्र प्रहरी, नेपाल आर्मि, विभिन्न संघसंस्थाहरु दिन रात नभनी एक जुट भएर लागि परेका छन । संसद चलिरहेको समय भएपनि सुस्ता बासीका पिडाको बारेमा थाहापाएपछि आफु तुरुन्तै सुस्ताका लागि भनि आएका पश्चिम नवलपरासीका संघिय साम्सद विक्रम खनाल भन्छन, आफुले तिन वटै सरकार संग समन्वय गरेर सुस्ता बचाँऊन पहल गरेको छु। रकमको अभावले सुस्तामा निर्माणको काम रोकिदैन । पालिका, प्रदेश, केन्द्रिय सरकारसंग समन्वय गरेर लागेको खर्च जसरी भएपनि जोहो गरिदिने बाचाँ गरेर विषम परिस्थितिमा सुस्ताबासीको आत्मबल बढाऊन सबैको साथ रहेको खनालले बताऊँछन । 


प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ००:१२
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार शुक्रबार, साउन ८, २०८३
१०६ मेगावाट क्षमता जगदुल्लाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक सुरु
१०६ मेगावाट क्षमता जगदुल्लाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक सुरु शुक्रबार, असार १९, २०८३
नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने शुक्रबार, पुस २७, २०८०
लोकप्रीय
  • Week
  • Month
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्