Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन
कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन सोझै किसानले आवेदन दिन पाएपछि अनुदान माग्नेको भिड 
Mero pana
Mero pana आइतबार, पुस १५, २०८०

सोझै किसानले अनुदान पाउने भएपछि कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा कृषि उपकरणका लागी साढे ५ सय बढि किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने गरिएकोमा यस वर्ष देखि सोझै किसानले निवेदन दिन पाउने भएपछि ज्ञानकेन्द्रमा निवेदनको ओईरो लागेको हो । ज्ञानकेन्द्रले सिचाँई सहित कृषि विकास कार्यक्रमका लागी ७० लाख रुपैयाँ बराबर अनुदान रकम बाड्दैछ । जसका लागी २१ दिनको अवधिमा ५ सय ८२ कृषक तथा फर्म समुहले निवेदन दिएका छन् । 

प्रदेश सरकारले अनुदान वितरण कार्यविधि शंसोधन गरेर किसानले सोझै स्थानिय तहको सिफारिसको आधारमा निवेदन दिन सक्ने भएकाले किसानले सानो सानो उपकरणका लागी अनुदान माग गर्दे निवेदन दिएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । 'पहिले कागजपत्र पुर्याउनै झन्झट हुन्थ्यो, समुह दर्ता भएको, करचुक्ता लगायतका कागजपत्र खोजिन्थ्यो, अहिले सहज भएकाले वास्तविक किसानले अनुदान पाउने प्रमुख चौबेले विश्वास व्यक्त गर्नुभयो । स्थानिय तहले वास्तविक किसानको हातमा अनुदान नपुर्याउदा ज्ञानकेन्द्रमा किसानको भिड बढेको पनि उहाँले बताउनुभयो । 

ज्ञान केन्द्रका अनुसार किसानले सोझै आवेदन दिन पाउने भएकाले अहिले, कहिल्यै ज्ञानकेन्द्रमा नआएका किसान पनि अनुदानका लागी आएका छन् । सिचाँई सहित कृषि विकास कार्यक्रम अन्र्तगत पुर्वाधारको हकमा कुल लागतको अधिकतम ७५ प्रतिशत र अन्यको हकमा अधिकतम ५० प्रतिशत अनुदान उपलब्ध गराईने छ । साथै समुह तथा सहकारीको हकमा अधिकतम ५ लाख र व्यक्तिगत फर्म वा कम्पनीको हकमा अधिकतम १ लाख ५० हजार सम्म अनुदान दिईने छ । 

अधिकांश किसानले मोटर, पम्पसेट, डेलिभरी पाईपका लागी आवेदन दिएका छन् । यो कार्यक्रम अन्र्तगत सोलार सिचाँई, थोपा सिँचाई, लिफ्ट सिचाँई, बोरिङ्ग, मोटर पाईप, पम्पसेट लगायतका समाग्रि खरिद तथा सिँचाई कुलो, पोखरी, स्यालो ट्युबेल, डिप बोरिङ्ग  आदि निर्माण तथा सुधारका लागी अनुदान दिने व्यवस्था रहेको ज्ञानकेन्द्र प्रमुख डाक्टर चौबेले जानकारी  दिनुभयो । बजेट कम भएकाले मापदण्का आधारमा रित पुगेका निवेदन उपर कार्यान्वयन प्रक्रिया अगाडी बढाईने ज्ञानकेन्द्र कार्यालयले जनाएको छ । किसानहरुले सोझै निवेदन दिनपाए पछि खुसि व्यक्त गरेका छन् । 

साथै ज्ञान केन्द्रमा अन्य अनुदान कार्यक्रममा भने किसानको न्युन सहभागिता रहेको छ । बगर खेति प्रर्वद्धन कार्यक्रम अन्र्तगत चार ओटा निवेदन परेको छ । जसका लागी ५ लाख बजेट छ भने पुष्प उत्पादन तथा प्रर्वद्धन कार्यक्रमका लागी ३ ओटा निवेदन अनुदानका लागी परेको छ । यसैगरी गोब्रे च्याउ उत्पादन पुर्वाधार विकास सहयोग कार्यक्रमका लागी २ ओटा मात्रै निवेदन परेको छ जसमा २० लाख रुपैयाँ बजेट रहेको छ ।  


प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा सोमबार, असार २२, २०८३
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव बुधबार, फागुन ९, २०८०
कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल 
कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल  शुक्रबार, माघ १२, २०८०
लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन)
लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन) शुक्रबार, पुस २७, २०८०
हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द
हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द बुधबार, पुस २५, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्