Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन)
लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन)
Mero pana
Mero pana शुक्रबार, पुस २७, २०८०

पश्चिम नवलपरासीमा माछा उत्पादनमा वृद्धि भएको छ । प्रदेशको मत्स्य विकास निर्देशनालयका अनुसार जिल्लामा माछा पालन गर्नेको सङख्या बढ्दै गएपछि माछाको उत्पादनमा पनि वृद्धि भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये नवलपरासीमा सबैभन्दा बढि माछा उत्पादन भएको हो । गत आर्थिक वर्ष ०७९–०८० मा २७८ हेक्टर जलाशयमा १ हजार ३९० मेट्रिक टन माछा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा भने २२६ हेक्टरमा माछा पालन गर्दा १ हजार ८५ मेट्रिक टन उत्पादन भएको थियो । यो तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा ३ सय ५ मेट्रिक टन माछाको उत्पादन बढेको छ । निर्देशनालयका अनुसार समग्र लुम्बिनी प्रदेशमै मत्स्य पालनको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८–७९ को तुलनामा आर्थिक वर्ष २०७९–८० मा मत्स्य उत्पादन ४.१९ प्रतिशतले बढेको छ ।

वर्ष २०७८–०७९ मा प्रदेशभर १३ हजार ७०६.१३ मेट्रिक टन मत्स्य उत्पादन भएकोमा गत आर्थिक वर्ष १४ हजार २८१.१३ मेट्रिक टन उत्पादन भएको छ । यस्तै मत्स्य उत्पादन हुने जलाशयको क्षेत्र पनि बढेको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा २ हजार १ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएकोमा आर्थिक वर्ष २०७९–०८० मा २ हजार ८६६ हेक्टर क्षेत्रफलमा कृत्रिम रुपमा मत्स्य उत्पादन भएको प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. प्रवेश सिंह कुँवरले जानकारी दिनुभयो । 

यसैगरी रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा १ हजार १८७ हेक्टर क्षेत्रफल जलाशयमा ६ हजार १७४ मेट्रिक टन माछा उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७९–०८० मा एक हजार २४१ हेक्टर जलाशयमा ६ हजार ५७७ मेट्रिक टन माछा उत्पादन भएको छ । कपिलवस्तु जिल्लामा २०७८–०७९ मा ५५२ हेक्टर जलाशयमा २ हजार ७०८ मेट्रिक टन माछा उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्षमा ५६० हेक्टरमा २ हजार ७४४ मेट्रिक टन माछा उत्पादन भएको छ । बर्दिया जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा ४२८ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ९२७ मेट्रिक टन माछा उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९–०८० मा ४३४ हेक्टर क्षेत्रफलमा २ हजार ८६ मेट्रिक टन माछा उत्पादन भएको छ ।

बाँके जिल्लामा आर्थिक वर्ष ०७८–०७९ मा २७७ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ३०३ मेट्रिक टन माछा उत्पादन भएकोमा आर्थिक वर्ष ०७९–०८० मा १९५ हेक्टरमा ९३६ मेट्रिक टन माछा उत्पादन भएको छ । अन्य जिल्लामा जलाशय क्षेत्र र माछा उत्पादनमा वृद्धि भए पनि बाँके जिल्लामा भने क्षेत्रफल र उत्पादन दुवै घटेको निर्देशनालयले जनाएको छ । पाल्पा जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा १६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ५० मेट्रिक टन माछा उत्पादन भएको थियो भने पछिल्लो वर्ष १८ हेक्टरमा ५४ मेट्रिक टन उत्पादन भएको छ । यस्तै दाङमा आर्थिक वर्ष २०७८–०७९ मा ९५ हेक्टरमा माछा पालन गरिएकोमा ३९९ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष २०७९–०८० मा १०३ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा ४३२ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।

यस्तै आर्थिक वर्ष २०७८–०७९ मा गुल्मी जिल्लामा ११ हेक्टर क्षेत्रफलमा माछा पालन भएको थियो, जसमा २१ टन माछा उत्पादन भएको छ । पछिल्लो वर्ष १२ हेक्टर क्षेत्रफलमा २३ टन माछा उत्पादन भएको छ । पहाडी जिल्ला अर्घाखाँचीमा आर्थिक वर्ष ०७८–७९ र आर्थिक वर्ष ०७९–०८० मा माछा पालनको क्षेत्रफल र उत्पादन दुवै बरावर छ । यहाँ दुवै आर्थिक वर्ष ६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १२ मेट्रिक टन उत्पादन भएको छ । यसैगरी प्युठान जिल्लामा आर्थिक वर्ष ०७८–०७९ मा १० हेक्टरमा क्षेत्रफलमा माछा पालन गर्दा १६ मेट्रिक टन उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष १२ हेक्टरमा १८ मेट्रिक टन माछा उत्पादन भएको छ । रोल्पा जिल्लामा आर्थिक वर्ष २०७८÷–०७९ मा ४ हेक्टर क्षेत्रफलमा ५ मेट्रिकटन माछा उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष ५ हेक्टरमा ६ मेट्रिक टन माछा उत्पादन भएकोछ । पूर्वी रुकुम जिल्लामा पोखरी निर्माण गरेर माछा पालन गरेको तथ्याङ्क भने अहिलेसम्म नरहेको निर्देशनालयले जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा सोमबार, असार २२, २०८३
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव बुधबार, फागुन ९, २०८०
कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल 
कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल  शुक्रबार, माघ १२, २०८०
हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द
हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द बुधबार, पुस २५, २०८०
कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन
कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन आइतबार, पुस १५, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्