Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय सभा चुनावमा एक सिटको लागी लुम्बिनीमा सत्तारुढ दलको हानथाप
राष्ट्रिय सभा चुनावमा एक सिटको लागी लुम्बिनीमा सत्तारुढ दलको हानथाप एक सिट काग्रेसले पाउने लगभग पक्का, अर्को सिटमा सबैको दाबी
Mero pana
Mero pana बुधबार, पुस १८, २०८०

 राष्ट्रिय सभा सदस्य पदमा लुम्बिनी प्रदेश अन्तर्गत दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदी ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।ती दुई सिटमध्ये सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले आफ्नोतर्फ रिक्त हुने सिटमा स्वाभाविक रुपमा दाबी गर्दैछ । गठबन्धनभित्र रहेका दलहरुमा जुन पार्टीको सिट रिक्त हुँदैछ, त्यहाँ सोही पार्टीले उम्मेदवारी दिने अनौपचारिक सहमति भएकाले लुम्बिनीको एउटा सिटमा कांग्रेसले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको छ । एमालेतर्फबाट रिक्त हुने एक सिटका लागि भने गठबन्धनभित्रका अन्य घटकबिच उम्मेदवारीका लागि हानथाप हुने देखिएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन मगरले सत्ता गठबन्धनभित्र जुन दलको सिट खाली हुँदैछ, उसैलाई दिने सहमति भएकाले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त हुन लागेको महिलातर्फको एउटा सिट आफ्नो पार्टीका लागि सुरक्षित रहेको बताउनुभयो । मतभारका हिसाबले अर्को सिटमा पनि कांग्रेसको दाबी रहने उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारीका लागि जिल्लाबाट सिफारिस भएका नामको सूची निकै लामो छ । जिल्लाबाट आएका १२१ जना र प्रदेशबाट तीन जना थप गरी १२४ जनाको नाम केन्द्रमा पठाइएको छ ।

नेकपा माओवादी केन्द्रको प्रदेश समितिबाट २३ जनाको नाम केन्द्रमा पठाइएको छ । माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टीले लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा दाबी गरेको बताउनुभयो ।  यसका लागि योग्य उम्मेदवारहरु प्रदेश समितिले सिफारिस गरेर केन्द्रमा पठाएको उहाँको भनाइ छ ।यस्तै, एकीकृत समाजवादी पार्टीले पनि एक सिटमा दाबी गरेको छ । एमालेका तर्फबाट रिक्त हुने एक सिटमा आफ्नो दाबी रहने नेकपा एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेयका अनुसार राष्ट्रिय सभा सदस्यमा रिक्त हुने २० सिटमध्ये आफ्नो पार्टीले पाँच सिट पाउने मोटामोटी सहमति भइसकेको भन्दै उक्त पाँच सिटमध्ये एउटा सिट लुम्बिनीबाट रहने बताउनुभयो । त्यसका लागि प्रदेशका नेताहरूले केन्द्रीय अध्यक्षलाई भेटेर ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका साना दलहरूले पनि राष्ट्रिय सभा सदस्यमा भागबण्डाको आकांक्षा राखेका छन् । जसपाले पनि राष्ट्रिय सभाका लागि एक सिटमा दाबी गर्ने तयारी गरेको छ । दुई सिटमध्ये एउटा सिट नेपाली कांग्रेसले पाउने भए पनि एमालेबाट खाली हुने सिटमा सत्ता गठबन्धनबाट आफूहरुले पनि दाबी गर्ने जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो ।

यस्तै सत्तामा रहेको लोसपाले पनि एक सिटमा दाबी गर्ने जनाएको छ । सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेयले केन्द्रमा भागबण्डा गर्दा आफ्नो पार्टीले मधेस प्रदेश या लुम्बिनी प्रदेशमा एक सिट पाउने विषयमा छलफल चलिरहेको बताउनुभयो । यस्तै नेकपा एमालेले दुवै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । केन्द्रमा सिफारिस गर्दा महिला ३ जना, पुरुष ३ जना गरी ६ जनाको नाम पठाउने र त्यसमध्येबाट २ जनालाई केन्द्रले उम्मेदवार बनाउने निर्णय गर्ने जनाइएको छ । एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले प्रदेशमा कमिटी बैठक बसेर सिफारिस गर्ने रातोपाटीलाई बताउनुभयो । अहिले केन्द्रमा शिर्ष नेताहरु बिच सिडबाँडको विषय निचोडमा नपुगिसकेकाले पनि यस विषयमा प्रदेश स्तरमा अझै टुङ्गो लाग्न बाँकि रहेको बतार्ईएको छ । 


प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ)
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ) मंगलबार, असोज २०, २०८३
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित शुक्रबार, असोज १६, २०८३
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान सोमबार, असोज १२, २०८३
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ आइतबार, असार २८, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
विष्णु पौडेल  थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने बिहीबार, असार १८, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्