Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महासमिति बैठकमा आज बाट प्रतिवेदन माथि छलफल सुरु हुदै, महामन्त्री थापाले पेस गरे एक्लै चुनाव लड्ने प्रस्ताव 
कांग्रेस महासमिति बैठकमा आज बाट प्रतिवेदन माथि छलफल सुरु हुदै, महामन्त्री थापाले पेस गरे एक्लै चुनाव लड्ने प्रस्ताव 
Mero pana
Mero pana बुधबार, फागुन ९, २०८०

नेपाली काग्रेसको महासमिति बैठकमा आज देखि प्रतिवेदनउपर छलफल हुने छ । बैठकमा पेस गरिएका प्रतिवेदनमा बिहान १० बजे बाट समुहगत छलफल हुने र सबै समुहलाई छलफलको स्थान तय गरिएको काग्रेसले जनाएको छ । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार  पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो ।


त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गर्नुभएको हो ।
उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो । जिम्मेवार नेपाली कांग्रेस ः समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।” महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीले  नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाइ जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौँ । अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।” महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताउनुभयो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पु¥याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताउनुभयो । उहाँले एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताउनुभएको छ । पार्टी प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासात् गर्ने बताउनुभयो । उहाँले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिनुभयो । उहाँले अर्थतन्त्रलाई गतिशील बनाउन पहल भइरहेको बताउनुभयो ।
त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाउनुभएको छ । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ सङ्गठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराउनुभएको छ ।
बैठक भोलीसम्म सञ्चालन हुनेछ ।
 


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ)
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ) मंगलबार, असोज २०, २०८३
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित शुक्रबार, असोज १६, २०८३
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान सोमबार, असोज १२, २०८३
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ आइतबार, असार २८, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
विष्णु पौडेल  थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने बिहीबार, असार १८, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्