Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेमा बहसः पार्टीभित्र आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने प्रवृत्तिले जनताबाट अलगिने खतरा, आज बाट प्रतिवेदन माथि छलफल हुदै
एमालेमा बहसः पार्टीभित्र आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने प्रवृत्तिले जनताबाट अलगिने खतरा, आज बाट प्रतिवेदन माथि छलफल हुदै
Mero pana
Mero pana बुधबार, फागुन ९, २०८०

नेकपा एमालेमा निश्चित व्यक्तिको सेटिङ्गमा पार्टीलाई बन्धक बनाउने प्रवृत्ति हुर्किन थालेकाले पार्टी निर्माण चुनौतीपूर्ण बन्दै गएको औंल्याइएको छ। पार्टी उपाध्यक्ष विष्णु पौडेलले मंगलबारबाट सुरू भएको सातौं केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको पार्टी निर्माणसम्बन्धी अवधारणामा उक्त कुरा समेटिएको छ।

ुअहिले पार्टीको केन्द्रीय तहमा नीति, नेतृत्वमा कुनै मतभेद छैन। दसौं महाधिवेशनयता केन्द्रीय तहका हरेक निर्णय सहमति वा सर्वसम्मतिमा भएका छन्। त्यहाँ कसैको असहमति वा फरक मत छैन। त्यसैगरी हामी सबै नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा दसौं राष्ट्रिय महाधिवेशनका निष्कर्ष कार्यान्वयन गर्दै अघि बढ्न प्रतिबद्ध छौं। तर, प्रदेश र स्थानीय कमिटीहरू अन्तरविरोधग्रस्त छन्,ु पौडेलले निष्कर्ष निकाल्दै भनेका छन्, ुकतिपयमा त गुटबन्दी गम्भीर विकृति देखापर्न थालेका छन्। कमिटी प्रणालीलाई बेवास्ता गर्ने र निश्चित व्यक्तिको सेटिङमा पार्टीलाई बन्धक बनाउन खोज्ने प्रवृत्ति हुर्किँदै गएको छ।

यस्तै पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय अन्तरविरोधहरूमा पार्टी केन्द्रका यो वा त्यो नेतालाई जोड्ने वा सिरानी हाल्ने प्रवृत्ति देखिन थालेको उल्लेख छ। पौडेलले संगठनात्मक व्यवस्थापनका लागि केही प्रश्नहरू पनि अघि सारेका छन्। उनले कमिटीको आकार ठूला र भद्दा बन्न थालेको भन्दै यसलाई कसरी प्रभावकारी बनाउने भने केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने बताएका छन्।

यस्तै कमिटीको नियमित बैठक बस्ने, बैठकमा निर्णय हुने र ती निर्णयलाई कार्यान्वयनको तहमा कसरी लैजाने भनेर पनि छलफल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। पौडेलले अघि सारेको प्रतिवेदनमा पार्टीका नेता(कार्यकर्ता जनताले उचित नठान्ने कार्यबाट जोगिनुपर्ने उल्लेख छ। ुहामीलाई बुर्जुवा कार्यशैली वा जीवनशैली अपनाउने छुट छैन। हाम्रा कार्यशैली र जीवनशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ। हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमाअनुकूल हुनुपर्छ। हामी जनताले उचित नठान्ने कामकारबाहीबाट जोगिनुपर्छ। तर पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेका छन्,ु प्रतिवेदनमा उल्लेख छ।

पार्टीभित्र प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप देखापर्न थालेको उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने विकृति हुर्किन थालेकोप्रति प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ। ुयस्तो प्रवृत्तिले नेता(कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको छ। हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूलाई सम्बन्धित कमिटीको छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्तिलाई प्रोत्साहित हुन पुगेको छ,ु प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा पार्टीमा आर्थिक र नैतिक आचरणलाई कसरी स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने, यी विषयमा गल्ती गर्नेहरूलाई कारबाहीको दायरामा कसरी ल्याउने भनेर छलफल हुनुपर्ने औंल्याइएको छ। पार्टीमा चुनाव लड्नेले आफूलाई व्यवहारवादी ठान्ने र चुनाव नलड्नेले आफूलाई आदर्शवादी ठान्ने प्रवृत्ति रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। ुचुनाव लड्न र नलड्ने कार्यकर्तामा आदर्श र व्यवहारबीच सन्तुलन कायम गर्ने कसरी, जनसंगठनहरूलाई पार्टीको राजनीतिक मार्गदर्शन र आफ्नो वैधानिक व्यवस्थाअनुरूप प्रभावकारी रूपमा कसरी परिचालित गर्ने, उनीहरूलाई आ(आफ्ना वर्गीय वा पेसागत आन्दोलनको वास्तविक नेताको भूमिकामा कसरी स्थापित गर्नेरु हाम्रासामू उपस्थित यी प्रश्नहरूको सही, संगतिपूर्ण समाधान खोज्दै नेता, कार्यकर्ता र समग्र पार्टीलाई जनतासँग घनिष्ट रूपमा जोड्न र जनआधारित पार्टीको मर्मलाई कार्यान्वयन गर्न जरूरी छ,ु प्रतिवेदनमा भनिएको छ।
आज बाट ति प्रतिवेदन माथि  छलफल हुदै छ । 


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ)
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ) मंगलबार, असोज २०, २०८३
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित शुक्रबार, असोज १६, २०८३
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान सोमबार, असोज १२, २०८३
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ आइतबार, असार २८, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
विष्णु पौडेल  थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने बिहीबार, असार १८, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्