Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान ३५ जनाले रक्तदान गरे
Mero pana
Mero pana आइतबार, असार २८, २०८३

 

बर्दघाट — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा गठित जुनियर रेडक्रस सर्कल कुमुदिनीको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

जुनियर रेडक्रस सर्कल कुमुदिनीकी अध्यक्ष आसिका तिमिल्सिनाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी नवलपरासी जिल्ला शाखाका उपाध्यक्ष एवं रक्त सञ्चार सेवा केन्द्रका संयोजक सुरज केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि केसीले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको महान् मानवीय सेवा भएको बताए। उनले रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नियमित रक्तदानको संस्कार विकास गर्नुपर्नेमा जोड दिए। विद्यालय तहबाटै विद्यार्थीलाई मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्नु सकारात्मक कार्य भएको उनको भनाइ थियो।

विद्यालयकी अध्यक्ष कमला शर्माले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीमा सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु पनि विद्यालयको दायित्व भएको बताइन्। उनले जुनियर रेडक्रस सर्कलमार्फत विद्यार्थीहरू सामाजिक तथा मानवीय सेवाका कार्यमा सक्रिय हुँदै गएको भन्दै खुसी व्यक्त गरिन्।

विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालले रक्तदान कार्यक्रमले विद्यार्थी तथा समुदायमा रक्तदानको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह गरेको बताए। आगामी दिनमा पनि विद्यालयले शिक्षा सँगसँगै सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो।

त्यस्तै, शिक्षक नायक दिपक बरालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदाता, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरे। जुनियर रेडक्रसका विद्यार्थीको सक्रियतामा आयोजित कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, सेवाभाव र सामाजिक जिम्मेवारीको विकास गर्न सहयोग पुग्ने उनले बताए।

कार्यक्रमकी अध्यक्ष आसिका तिमिल्सिनाले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै जुनियर रेडक्रस सर्कलले आगामी दिनमा पनि मानवीय सेवा र सामाजिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाने बताइन्।

रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन्, जसमा १८ जना महिला र १७ जना पुरुष रहेका छन्। आयोजकका अनुसार उत्साहजनक सहभागितासहित सम्पन्न कार्यक्रमले रक्तदानप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रमको सञ्चालन शिक्षक केदार चौधरीले गरेका थिए।


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  २२:५६
#@health
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन सोमबार, असोज १९, २०८३
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण बुधबार, असोज १४, २०८३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न आइतबार, असोज ४, २०८३
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा बुधबार, भदौ ३, २०८३
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्