Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय
  • Home
  • स्थानीय
  • १८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र लामो समयदेखिको बाटो अहिले कसरी व्यक्तिको जग्गा भयो ? स्थानिय अचम्मित
Mero pana
Mero pana मंगलबार, साउन २६, २०८३

प्रतापपुर गाँऊपालिका वडा नं.६ मा श्री कन्टेक प्रा.लि. नक्साल, काठमाण्डौले कठहवा–त्रिवेणी सडक निर्माणको ठेक्का २०८२ असोज ३० गते निर्माण सम्पन्न गर्ने गरी २७ करोड २३ लाख ५ हजार ७ सय ३३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । हाल निर्माण क्रम रोकिएर अपलत्र अवस्थामा छ । बाटो निर्माण स्थलमा व्यक्तिको जग्गा परेको भन्दै विवाद सिर्जना भएपछि १८० मिटर बाटो निर्माण नगरी अन्य स्थानमा निर्माण कार्य गरिएको छ । २०७६ कार्तिक २९ गते ठेक्का सम्झौता भएको सडक आयोजना पटक पटक म्याद थप गर्दा पनि बाटो विवाद नमिलेपछि बाटो अलपत्र अवस्थामा परेको स्थानिय बताऊछन । 
सम्झौता अनुसार सबै निर्माण कार्य सम्पन्न भैसक्दा पनि कठवा क्षेत्रको झण्डै १८० मिटर सडक कालोपत्रे गर्न स्थानिय मिश्र परिवारले आफ्नो जग्गा दावी गरी कालोपत्रे गर्न नदिएपछि काम अलपत्र परेको छ ।
स्थानियहरु भन्छन, "हामी यस सडकमा हिडेरै बुढो भैयो । हामीले जानेदेखिनै बाटो यहि हो । यो बाटो विगतमा पनि ३ पटक सम्म कालो पत्रे भै सकेको हो तर अहिले बाटो चौडा हुन लागेर थप राम्रो बन्छ भन्ने लागेको थियो तर खै कसरी अर्केको जग्गा पर्यो । हामी त अन्योलमा छौ । पहिले बाबुले बाटो बनाऊने अहिले छोराहरुको पालामा बाटोमा आफ्नो खेत? " भन्दै बाटो रोकिएको प्रति आक्रोस पोखे । 
अधिकांश स्थानिय वासी पुरानै सडक कायम हुनुपर्ने माग गर्दै पटक-पटक प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरु सहित सरोकारवाला पक्ष संग छलफमा बसे पनि अहिले सम्म निकास निस्किएको छैन ।
कालोपत्रे हुन बाँकी रहेको हालको सडक पश्चिम तर्फ रविन्द्र प्रसाद मिश्रको जग्गा रहेको छ भने पूर्व तर्फ दिनेश चन्द त्रिपाठि को नामको जग्गा रहेको छ ।

निर्माण सम्पन्न भएको स्थानमा देखिएको सडक
रविन्द्रका बुवा तिरथराज मिश्र २०१७ साल देखी २०३९ साल सम्म प्रधान पञ्चको रुपमा रहेर काम गरेका थिए । सडकको स्तर उन्नती गर्नका लागि तिरथराजलेनै पहिलोपटक ग्रावेल गरेर सडक स्तर उन्नती कार्यमा सहयोग गरेको स्थानिय स्मरण गर्छन् ।

स्थानिय धिरज त्रिपाठीले सदियौ देखीको बाटो रोक्न नमिल्ने बताउँछन् । उनले सडकको पुर्जा कसरी निस्कियो भन्दै आश्चर्य ब्यक्त गरी छानविनका लागि माग गर्दै उनि भन्छन, २२ साल सम्म आफै प्रधान हुदाँ कुनै किचलो नभएको स्थानमा अहिले किन किचलो हुदै छ? अहिले बाटोको पुर्जा कसरी निस्कीयो छानविन हुनुपर्दछ।”

नक्सामा सडक हालको स्थान देखी पश्चिम तर्फ देखीन्छ। नक्सा अनुसार सडकको पूर्व तर्फ मिश्र परिवारकै केही जग्गा रहेका कारण नक्सा अनुसारको सडक कायम हुनुपर्ने भन्दै कालोपत्रे गर्न रोक लगाएको देवेन्द्र मिश्रको भनाई छ ।
उनी अदालतका कागजपत्र देखाउँदै भन्छन् “म सडक निर्माण विरोधी होईन। यो बाटो बनेपछि म पनि यहि बाटो हिड्ने हो। तर मेरो आपत्ति  यति मात्र हो की बाटो नक्सा अनुसार हुनुप¥यो। यसको लागी अदालतबाटै फैसला भैसकेको छ । ”


प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २२:४४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय
धारा काट्ने र नाम सार्वजनिक गर्ने चेतावनी पछि पनि परासीमा खानेपानीको महसुल उठेन् 
धारा काट्ने र नाम सार्वजनिक गर्ने चेतावनी पछि पनि परासीमा खानेपानीको महसुल उठेन्  बिहीबार, माघ २५, २०८०
नवलपरासीमा माघिको रौनक, सरावलमा १८ वर्ष देखि चल्दै आएको खिचडी महोत्सव
नवलपरासीमा माघिको रौनक, सरावलमा १८ वर्ष देखि चल्दै आएको खिचडी महोत्सव सोमबार, माघ १, २०८०
चोरीको मोटरसाईकल सहित बर्दघाटका ५ जना पक्राउ 
चोरीको मोटरसाईकल सहित बर्दघाटका ५ जना पक्राउ  बुधबार, पुस १८, २०८०
सिद्धार्थ राजमार्ग आज राति देखि दैनिक ६ घण्टा बन्द
सिद्धार्थ राजमार्ग आज राति देखि दैनिक ६ घण्टा बन्द सोमबार, पुस १६, २०८०
लोकप्रीय
  • Week
  • Month
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्