सुनवल
महलपोखरी सामुदायिक वन उपभोक्ता समूह, सुनवल–१ र ४, पश्चिम नवलपरासीले वन संरक्षण, वृक्षारोपण, रोजगारी सिर्जना तथा उपभोक्तामुखी सामाजिक कार्यक्रमलाई प्राथमिकता दिने गरी आगामी आर्थिक वर्षका लागि विभिन्न योजना अघि सारेको छ।
समूहको तेस्रो वार्षिक साधारणसभाका लागि प्रस्तुत विवरणअनुसार आगामी वर्ष जंगलको भण्डारी सरसफाइ, वृक्षारोपण, तारबार तथा उपभोक्तालाई रोजगारीको अवसर उपलब्ध गराउने योजना बनाइएको छ। वन क्षेत्रबाट हुने चोरी–निकासी नियन्त्रण तथा डढेलो नियन्त्रणलाई समेत प्राथमिकतामा राखिएको छ।
समूहले सुधारिएको घाटगद्दीमा कार्यालय सञ्चालनका लागि कोठा निर्माण गर्ने, कटान–मुछान तथा बिक्री वितरणको काम समयमै सम्पन्न गर्ने, छात्रवृत्ति, अनुदान तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। यस्तै, वन प्रवेश गर्दा लिइने रसिद शुल्कमा समेत परिमार्जन गरी नयाँ उपभोक्ता दर्ता शुल्क रु। ४ हजार बनाउने प्रस्ताव गरिएको छ।
वृक्षारोपण र वन व्यवस्थापनमा उल्लेख्य काम
समूहले चालु आर्थिक वर्षमा विभिन्न वन क्षेत्रमा वृक्षारोपण, तारबार, ट्रेन्च निर्माण तथा वन व्यवस्थापनका काम गरेको विवरण सार्वजनिक गरेको छ। खानेपानी टंकी पछाडिको करिब २.७५ हेक्टर क्षेत्रमा १ हजार ६ सय मिटर वरिपरि वृक्षारोपण तथा तारबार गरिएको उल्लेख छ। उक्त क्षेत्रमा करिब ६ हजार ५ सय बिरुवा रोपिएको र कामका क्रममा महिला तथा पुरुष उपभोक्तालाई रोजगारी दिइएको समूहले जनाएको छ।
यस्तै, खानेपानी टंकी पछाडिको करिब १ हजार ६ सय ६० मिटर क्षेत्र मा भाँडी फडानी, पोल गाड्ने, तारबार तथा बिरुवा रोप्ने काम गरिएको छ। विभिन्न स्थानमा रुख कटान तथा मुछानका क्रममा पनि स्थानीय उपभोक्तालाई रोजगारी उपलब्ध गराइएको विवरणमा उल्लेख छ।
घाटगद्दी क्षेत्रमा डिभिजन वन कार्यालयको अनुदान तथा समूहको लगानीबाट ट्रेन निर्माण गरिएको छ। प्रगति टोल शिवालय मन्दिरदेखि भू.पू. कल्भर्टसम्म तारबार लगाउने तथा घाटगद्दीको पश्चिमतर्फ फलफूलका बिरुवा रोप्ने कामसमेत गरिएको छ।
४० उपभोक्तालाई चितवन अवलोकन भ्रमण
समूहले कार्यसमितिसहित करिब ४० जना उपभोक्तालाई चितवन अवलोकन भ्रमण गराएको छ। भ्रमणका क्रममा विभिन्न सामुदायिक वन, घडियाल तथा कछुवा प्रजनन केन्द्र, बीसहजारी ताल, चितवन राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रको अवलोकन गरी वन व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरिएको विवरणमा उल्लेख छ।
त्यस्तै, उपभोक्ताको क्षमता विकासका लागि वनबाट हुने फाइदा तथा वन व्यवस्थापनसम्बन्धी जनचेतना र अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको छ। कार्यक्रममा ७५ जना उपभोक्ताको सहभागिता रहेको र सहजीकरण सुनवल सब–डिभिजन वन कार्यालयका वन वरिष्ठ अधिकृत मणिराम खनालले गरेको जनाइएको छ।
सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता
आगामी योजनामा वन संरक्षणसँगै उपभोक्ताको सामाजिक सुरक्षालाई पनि समेटिएको छ। उपभोक्ताको मृत्यु भएमा मृतकको पति वा पत्नीको नाममा नामसारी गर्दा शुल्क लिने, दीर्घकालीन रोगबाट प्रभावित उपभोक्तालाई समूहको क्षमता र आर्थिक अवस्थाअनुसार सहयोग गर्ने योजना अघि सारिएको छ।
यसैगरी खेलकुद सहयोग, विभिन्न वर्ग लक्षित तालिम तथा गोष्ठी, वनसम्बन्धी अवलोकन भ्रमण र उपभोक्ताको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समूहले राखेको छ।
समूहले आगलागी नियन्त्रण, वन चोरी–निकासी नियन्त्रण र वनको संरक्षणलाई प्रभावकारी बनाउँदै स्थानीय उपभोक्तालाई वनबाट रोजगारी र आयआर्जनसँग जोड्ने नीति लिएको देखिन्छ। साधारणसभामा प्रस्तुत आय–व्यय विवरणमा वनजन्य उत्पादन बिक्री, अनुदान, उपभोक्ता शुल्कलगायत विभिन्न शीर्षकबाट आम्दानी तथा वन व्यवस्थापन, कर्मचारी, प्रशासन, सामाजिक सहयोग र अन्य शीर्षकमा खर्च भएको उल्लेख छ।
आज सम्मपन्न साधारण सभामा प्रमुख अतिथीको रुपमा आफ्नो मन्तब्य राख्दै डिभिजन बन कार्यालय, पश्चिम नवलपरासीका डिभिजन बन अधिकृत धनिश्वर न्याौपानेले बन व्यवस्थापनमा संरक्षण, सम्र्बद्धन र सदुपयोगलाई ध्यानमा राखेर कार्ययोजना बनाऊनुपर्ने विचार व्यक्त गरे । सामूदायिक बनले समुदायको हितकोलागि विशेषतः गरिबी निवारणकालागि सदस्य लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे । प्रमुख अतिथि न्यौपानेले चोरी निकासी, आगलागी, अतिक्रमणबाट बनलाई जोगाएर समूदाय लक्षित गरि आम्दानि तथा स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दैै सुनवल सब डिभिजन बन कार्यालयका प्रमुख मणिराम खनालले बनका पदाधिकारी तथा सदस्य सबैले बनका विधि विधान, नीति, कार्ययोजना अध्ययन गर्नुपर्ने विचार व्यक्त गरे । उनले बनबाट काठ दाऊरा मात्र उत्पादन नगरी रोजगारी श्रृजना गरि गरिबी निवारणमा सबैको चासो हुनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मान बहादुर थापाले हरियो बन नेपालको धन र नेपाल कृर्षि प्रधान देश नारामै सिमित रहेको बताए । उनले देशमा यति धेरै काठहरु कुहिने अवस्थामा छन तर नीति र प्रकृयाका कारण विदेशबाट काठ निर्यात गरिरहनुपर्ने अवस्था अझैपनि विकराल रहेको बताए । उनले पानीको मुहान संरक्षण गर्न पनि बन जंगल जोगाऊनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बिसासय सामूदायिक बनका अध्यक्ष गंगाराम घिमिरेले बनलाई डढेलोबाट जोगाऊन विशेष चुनौती रहेको बताए । उनले बन संरक्षणमा सबै सदस्य एकजुट भएर लाग्नपर्ने विचार व्यक्तगरे ।
त्यस्तै कार्यक्रममा प्रगतिटोल विकास सस्थाका अध्यक्ष बलराम बस्यालले बन संरक्षण, संर्बद्धन तथा उपभोगमा सबै सदस्य समान सहभागिता हुने अवसर श्रृजना गर्नु विषेशतः व्यवस्थापन टोली चनाखो हुनुपर्ने विचार व्यक्त गर्दैै उपभोक्ताले बन संग सम्बन्धित सवालहरु चोक चौराहामा भन्दापनि बनकार्यालय भित्र गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा पुरुष सदस्यको तर्फबाट शुभकामना व्यक्त गर्दै सन्देश बस्यालले बन जोगाऊन कार्य समिति तथा साधारण सदस्यको पनि उत्तिकै भूमिका रहने विचार व्यक्त गरे । उनले बनजोगाऊन समिति, सदस्य र सम्पूर्ण समूदाय एक भएर लाग्नुपर्ने विचार व्यक्त गरेका छन । उनले बन जोगाऊन हाम्रो दैनिकी नै बदल्नुपर्ने अवस्था आएको भन्दै जलवायू परिवर्तनका कारण नेपालमा परेको प्रभावले अहिले नेपालीले दुःख भोग्नुपरेको विचार व्यक्त गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोदन गर्दै महिला सदस्यको तर्फबाट तुजुमाया विकले हरियो बन नेपालको धन भन्ने युक्ति नारामै मात्र सिमित भन्दा पनि व्यवहारिक रुपमा पनि देखिनुपर्ने विचार व्यक्त गरे । सामूदायिक बनले बनबाट उत्पादन हुने हरेक उपभोग्य बस्तु समान रुपले सबै सदस्यले सहजै उपलब्ध हुनसक्नुपर्ने विचार व्यक्त गरिन ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन मार्फत अध्यक्ष छन्न प्रसाद श्रेष्ठले बनका गतिबिधि, उपलब्धी तथा चुनौतिका विषयमा उपभोक्तालाई जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष केश कुमारी न्यौपाने क्षेत्रीले संस्थाका आयव्यय उपभोक्ता समक्ष पेश गरेकि थिईन । उनले समूहले ५६लाख ७१ हजार ४२२ रुपैया आय गरेको तथा ४८ लाख ३१ हजार ५५१ रुपैया खर्चको हिसाब सार्वजनिक गरेकि छिन ।

समूहका अध्यक्ष छन्नु प्रसाद श्रेष्ठको अध्यक्षता सञ्चालित कार्यक्रमको सञ्चालन संस्थाका सचिव बाल कुमारी बस्यालले गरेकि थिईन भने स्वागत मन्तव्य समूहका उपाध्यक्ष रामदेव राईले गरेका थिए । कार्यक्रममा सदस्य परिवारका क्यान्सर पिडितलाई राहत रकम हस्तान्तरण गरिएको थियो ।
समूहमा रिक्त रहेको लेखा समिति पदाधिकारी पनि चुनिएको छ । कार्यक्रमले लेखासमितिको संयोजकमा हिमलाल पराजुली, सदस्य बल बहादुर बौडेल र मेनका तिमिल्सिना चयन भएका छन ।
.jpeg)