Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
Mero pana
Mero pana शुक्रबार, असोज ९, २०८३


पश्चिम नवलपरासीको बर्दघाट १२, भटौलिया अवस्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । भवनको आज लायन्स क्लबका लायन्स इन्टरनेशनल एलसीआईएम एरिया लिडर अरुण प्रसाद रानाले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले लायन्स क्लब ईन्टरनेशनलको नारा हामी सेवा गर्छौ भन्ने मुल मर्मलाई आत्मसात गर्दै लायन्स क्लबले विद्यार्थीको शैक्षिक उन्नयनकालागि गरिएको सेवा भएको वताए । उनले यस कार्यले विपन्न समूदायका विद्यार्थीहरुलाई थप गुणस्तरिय शिक्षा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा आफुले गरेको बताए । 
कार्यक्रममा चौधरी फाउण्डेसनकी सचिव सारिका चौधरीले पश्चिम नवलपरासीमा चौधरी फाऊण्डेसन मार्फत विभिन्न विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिदिएको बताऊदै उनले यस विद्यालयमा डिजिटलाईजेसन र खानेपानी, सरसफाई तथा स्वच्छतामा काम गर्ने जानकारी दिईन । 
कार्यक्रममा विद्यालयका तर्फबाट प्रधानाध्यापम रेवती ज्ञवालीले निर्माण हुन लागेको ४ कोठे  सुबिधा सम्पन्न  विद्यालय भवनले हाम्रा विद्यार्थीहरूको सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरणमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिएको बताए । प्रधानाध्यापक ज्ञवालीले यो योजना केहि समय अघि नै सम्पन्न हुनुपर्ने बताऊदै नगरप्रमुखले विद्यालयले व्यवस्थापन गर्नुपर्ने रकम नगरले व्यवस्थापन गरिदिने आस्वासन दिएपनि कानूनी बाध्यता देखाऊदै नगरले रकम उपलब्ध गराऊन नसक्दा ढिलो भएको बताए । उनले उक्त रकम हाल विद्यालयमा सटरमा पसल सञ्चालन गरिरहेका पसलको धरौटीबापतको रकमलाई प्रयोग गरेर निर्माणकोकाम अघि बढेको भएपनि उक्त रकम व्यवस्थापनकालागि सहयोगी सस्थाहरुलाई आग्रह गरेका छन् । 

करिब १ करोड ५  लाख रुपैयामा निर्माण सम्पन्न गरिने भवनको मुख्य सहयोग लायन्स क्लबले गर्नेछ । लायन्स क्लबले चारकोठे भवनको सम्पूर्ण निर्र्माणको काम गर्नेछ, जस्कालागि लायन्सक्लबले करिब असी लाख अर्थात ५० हजार १ सय ९४ अमेरिकी डलर खर्च गर्नेछ । त्यस्तै विद्यालयमा प्रयोगहुने फर्निचर तथा ह्वाईटबोर्डको जिम्मा विद्यालयले व्यवस्थापन गर्नेछ । जस्कोलागि विद्यालयले १२ लाख ३५ हजार रुपैया अर्थात ८ हजार ५ सय ८६ अमेरिकी डलर खर्च गर्नेछ । त्यस्तै चौधरी फाऊण्डेसन अन्र्तगत सिजी फुड्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगतको विद्यालयमा शुद्ध खानेपानी, सरसफाई तथा विद्यालय डिजिटलाईजेसनकालागि १२ लाख ३५ हजार अर्थात ८ हजार ५ सय ८६ अमेरिकी डलर खर्च गर्नेछ । 
पूर्ण सुविधा सम्पन्न भवन शिलान्यास भएको ६महिना भित्र निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिनेछ । यस कार्यकालागि  सिर्जना सर्विस एण्ड विल्डर्सलाई जिम्मा दिइएको छ । लार्यन्स क्लब, सिजी फुड्स र विद्यालयविच २०८३ बैशाख २२ गते नै सम्झौता गरिएको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
कुमुदिनीमा देउसी भैलो तथा रंगोली प्रतियोगिता सम्पन्न
कुमुदिनीमा देउसी भैलो तथा रंगोली प्रतियोगिता सम्पन्न शनिबार, कात्तिक २१, २०८३
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो  शुक्रबार, असोज १६, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी शनिबार, भदौ २७, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्