बर्दघाट नगरपािलकाका अन्र्तगतका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि निःशुल्क अनलाईन कक्षा तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएकोछ । होली केयर ईग्लिस सेकेण्डरी स्कूलको आयोजना तथा घुन्सा फाऊन्डेसनको सहकार्यमा कार्यक्रम सम्पन्न भएकोहो । होली केयर ईग्लिस सेकेण्डरी स्कूलका प्रिन्सिपल ईन्द्र गुरुङ्गको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नं.५ का वडाअध्यक्ष बिमला गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विमला गुरुङ्गले विद्यार्थी जिवनमा आफ्नो लक्ष्य प्राप्तिकालागि निरन्तर लागि रहनुपर्ने कुरामा जोड दिईन । उनले विद्यार्थीले गुरु, अभिवाकहरुको आज्ञालाई शिरोधार्यगरि अनुशासित भएर अघि बढ्नुपर्ने विचार व्यक्त गरिन्।
कार्यक्रममा ब्लुमिङ्ग बडका प्रिन्सिपल सन्तोष रौनियारले दृष्ड ईच्छा शक्ति भएमा कुनै पनि कुरा असम्भव छैन भन्ने विषय आजको कार्यक्रमले विद्यार्थीमा छाप परेको बताए । उनले यस किसिमको कार्यक्रम विद्यार्थीलाई आफ्नो लक्ष्य प्राप्तिका निम्ति सहजता प्रदान गर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा विज्डम बोडिङ्ग स्कूलका प्रधानाध्यापक गोपाल पौडेलले सिकेका कुरा गम्भिर भएर कार्यान्यन गर्न विद्यार्थीलाई आग्रह गर्दै उनले सिक्ने चाहानालाई बाहाना बनाऊनु पर्देन भन्दै लगनशिल भएर अघिबढ्न आग्रह गरे ।
कार्यक्रममा माउण्ट एभरेष्ट बोडिङ्ग स्कूलका प्रधानाध्यापक यज्ञ प्रसाद न्यौपानेले बालबालिकालाई पठनशैली विकासकालागि यस कार्यक्रमले उत्कृष्ठ भूमिका निर्वाहगर्ने विचार व्यक्त गरे ।
तालिममा ज्ञानकुञ्ज शिक्षा सदनका १७ जना, होलि केयर ईग्लिस स्कूलका २१ जना, लुम्बिनी सामूदायिक विद्यालयका १४जना, न्यू लिटिलबुद्ध बोडिङ्ग स्कूलका २०जना, श्री माउण्ट एभरेष्ट बोडिङ्ग स्कूलका २० जना, बेलाटारी चिल्ड्रेन एकेडेमीका १४जना, विज्डम बोडिङ्ग स्कूलका २५जना, ब्लुमिङ्ग बड्स सेकेण्डरी स्कूलका २५जना विद्यार्थी गरि कुल ८वटा विद्यालयका कक्षा १० मा अध्ययनरत १५६ विद्यार्थी सहभागि भएका थिए । कार्यक्रममा घुन्सा फाऊण्डेसनकी अध्यक्ष तथा संस्थापक याङ्जोम शेर्पाले आफ्नो जिवन भोगाई तथा अनुभवलाई उत्प्रेरणाको श्रोतबनाऊदै विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरेकि थिईन । उनले विद्यार्थीहरुलाई आफ्नो जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी त्यसलाई प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरिन्। उनले विद्यार्थीहरूलाई आफ्ना आमा, बुबा र गुरुजनप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उनीहरूको मार्गदर्शनलाई जीवनको महत्वपूर्ण आधार बनाउनुपर्ने सन्देश दिईन्।
कार्यक्रममा विद्यार्थीहरुले पढाईमा असफल भएपनि जिवनमा प्रयास भने गरि रहनुपर्ने र निरन्तर प्रयासले अवस्य सफल भईने विचार व्यक्त गरे । उनिहरुले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविस्वास बढ्ने विचार व्यक्त गरेका छन्।
विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति सचेत, जिम्मेवार र लक्ष्यप्रति प्रतिबद्ध बनाउन आयोजित उक्त कार्यक्रममा शैक्षिक प्रेरणा, करियर योजना, आत्मविश्वास विकास तथा जीवनमा सफलता हासिल गर्न आवश्यक सीप र सोचका विषयमा विशेष अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास र सही निर्णय क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यतर्फ अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।