Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • चिसोमा बालबालिकालाई देखिने समस्या, समाधानका उपाय
चिसोमा बालबालिकालाई देखिने समस्या, समाधानका उपाय
Mero pana
Mero pana बुधबार, पुस १८, २०८०

चिसो मौसम सुरु भएसँगै बच्चालाई विभिन्न प्रकारका भाइरल इन्फेक्सनले सताउने गर्छ। जाडो मौसममा बच्चालाई चिसोले समस्या नपारोस् भनेर हावा कम आवतजावत हुने कोठामा राख्ने गरिन्छ। चिसोको सुरुवातसँगै बच्चालाई फरक वातावरणमा राख्नाले पनि कतिपय स्वास्थ्य समस्या आएको पाइन्छ। चिसोको समयमा बच्चालाई सताउने मुख्य स्वास्थ्य समस्या निम्नप्रकार छन्। 

रेस्पिरेटरी साइनिसाइटल भाइरस 
प्रायः यस प्रकारको भाइरसको संक्रमणको समयमा ४ देखि ६ दिनसम्मको इन्कुभेसन पिरियड हुने गर्छ। बालबालिकाको शरीरमा भाइरस छिरेदेखि लक्षण नदेखिँदासम्मको अवस्थालाई इन्कुभेसन पिरियड भनिन्छ। यो अवस्थासम्म पनि बच्चा स्वस्थ देखिन्छ। 
नवजात शिशुहरु जसलाई यस प्रकारको समस्या पहिला भएको हुँदैन,  त्यस्ता बच्चालाई यस्ता प्रकारको इन्फेक्सन हुने सम्भावना अन्य व्यक्तिमा भन्दा धेरै हुन्छ। प्रायः सरुवा रोगमा व्यक्ति आफू संक्रमित हुनेबित्तिकै अरुलाई त्यो रोग सार्दैनन्। शरीरमा कुनै पनि भाइरस छिर्नेबित्तिकै तुरुन्तै लक्षण देखा पर्दैन।

लक्षणहरु 
–सिंगान बग्ने सुख्खा।
–सुख्खा खोकी लाग्ने।
–ज्वरो आउने। 
–घाँटी दुख्ने। 
–पटक–पटक हाच्छिउँ आउने। 
–ज्वरो आउने।
–टाउको दुख्ने।
–बच्चाहरुको श्वासनली साँघुरो हुने।
–श्वास फेर्न गाह्रो हुने।
प्रायः एक वर्षभन्दा कम उमेरका बच्चाहरुमा रुघाखोकी बढी लाग्दा यस प्रकारका लक्षण देखा पर्न सक्छन्। त्यस्तै समय अगावै जन्मिएका, जन्मजात रुपमा मुटुमा समस्या भएका, रोग प्रतिरोधी क्षमता कम भएका बच्चाहरुमा रेस्पिरेटरी साइनिसाइटल भाइरसको संक्रमण बढी हुन्छ। 

के हुन्छ उपचार
यस प्रकारको भाइरसको संक्रमण भएपश्चात् बच्चाको लक्षण अनुसारको उपचार गर्नुपर्ने हुन्छ। हल्का ज्वरो आएमा सिटामोल खान दिने, पर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान दिने, न्यानोमा राख्नुपर्ने हुन्छ। निमोनिया भएको अवस्थामा निमोनियाको उपचार गर्ने, श्वासप्रश्वासमा समस्या आएको अवस्थामा अक्सिजन लगाउने तथा श्वास फेर्नका लागि सहज हुने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। 
कसै–कसैलाई श्वास फेर्न गाह्रो हुँदा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था पनि आउन सक्छ। यद्यपि, यस्तो समस्या भएका बच्चाहरु उपचारपश्चात् सामान्य अवस्थामा आउँछन्। 
नाक, कान घाँटी एक–अर्कोमा अन्तरसम्बन्धित हुने भएकोले यस्तो समस्या भएका बच्चाहरुमा कान पाक्ने समस्या समेत हुन सक्छ। 

फ्लु 
जाडोको समयमा बच्चालाई देखिने रुघाखोकीलाई सामान्यतया फ्लु  भन्ने गरिन्छ। रेस्पिरेटरी साइनिसाइटल भाइरस र यसमा केही भिन्नता भए पनि यी दुवैको धेरैजसो लक्षण उस्तै–उस्तै हुन्छन्। यस प्रकारको समस्या हुँदा पनि केही दिनको इन्कुभेसन पिरियड हुने गर्छ। 

लक्षणहरु 
– ज्वरो आउने। 
– पखाला लाग्ने।
– बच्चाहरुको श्वास नली साँघुरो हुने।
– श्वास फेर्न गाह्रो हुने।
– मुटु, डायबिटिज, मिर्गौला रोग लगायतका समस्या भएका बच्चाहरुलाई यस प्रकारको समस्याले बढी सताउने गर्छ। 
यस प्रकारको समस्यामा सबैमा एकै प्रकारका लक्षणहरु देखा पर्दैनन्। चिकित्सकहरुले परीक्षणपश्चात् मात्रै यस प्रकारको समस्या भए÷नभएको यकिन गर्छन्। 

कसरी जोगिने
बालबालिकालाई जाडो मौसममा यस प्रकारको समस्याबाट जोगाउन न्यानोका साथै स्वस्थकर तथा पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ। चिसो मौसम हुने भएकोले घर भित्रै विभिन्न प्रकारका खेलहरु खेलाउन सकिन्छ। 
निमोनिया तथा जलवियोजन जस्ता समस्याहरु भएमा चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नुपर्ने हुन्छ। 

घाँटी दुख्नु अथवा स्ट्रेप थ्रोट 
स्ट्रेप थ्रोट अथवा जाडोमा देखिने घाँटीको समस्या अन्यभन्दा भिन्न प्रकारको समस्या हो। यो एक प्रकारको ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ। यो ग्रुप ए स्टेप्टोफोकस नामक ब्याक्टेरियाका कारण हुने समस्या हो। 

कसरी जोगिने
घाँटीको समस्याबाट जोगिनका लागि मनतातो पानीमा नुन राखेर कुल्ला गरेमा सजिलै छुटकारा पाउन सकिन्छ। मनतातो पानीले संक्रमण नहटे पनि घाँटी सुन्निन दिँदैन। यस्तै झोल पदार्थ सेवन गर्ने तथा न्यानो कपडा लगाउनुपर्छ।

जाडोमा रुघाखोकीले किन छिट्टै आक्रमण गर्छ
जाडोमा बाहिरी वातावरणमा धेरै चिसो हुने तथा हावाको आवतजावत कम हुने कोठमा बस्ने बस्ने गरिन्छ। त्यसैगरी चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने भएकोले पनि रुघाखोकी बढी लाग्ने गर्छ। 

राइनो भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, उसले प्रयोग गरेका सामानहरु राम्रोसँग सफा नगरी प्रयोग गर्दा, मुखबाट निस्किने पानीका कणहरुमार्फत यो रोग अन्य व्यक्तिमा सर्ने गर्छ। ब्लड ग्रुप  एउटै भएका मानिसहरुमा यो रोग सर्ने सम्भावना बढी हुन्छ। रोग प्रतिरोधी क्षमता बढी भएका व्यक्तिहरु बालबालिका तथा बुढाबुढीमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ। रुघाको समयमै निराकरण भएन भने निमोनिया हुने खतरा हुन्छ। 

कसरी जोगिने
–मनतातो पानी मात्रै पिउने। 
–बालबालिका तथा बुढाबुढीलाई न्यानो बनाएर राख्ने। 
–तातो तथा झोल भएका खानेकुरा धेरे खुवाउने। 
–खाना खाने उमेर नपुगेका बच्चाको हकमा भने आमाले चिसो खानेकुरा खानु हुँदैन। 
–स्कुल जाने उमेरका बच्चाहरुलाई रुघाखोकीको समस्या देखिएमा भीडभाडमा जानु हुँदैन। 

नोरो भाइरस 
यो एक प्रकारको भाइरस हो। यस प्रकारको भाइरसले प्रायः पेटमा असर गर्छ। पेटलाई असर गर्ने भएकोले यसलाई स्टोम्याक फ्लु पनि भन्ने गरिन्छ। यस प्रकारको भाइरसको आक्रमणले गर्दा बच्चाहरुलाई पेट सम्बन्धी समस्याहरुले बढी सताउँछ।

लक्षणहरु 
–बान्ता हुने। 
–पखाला लाग्ने। 
–पेट दुख्ने। 
–ज्वरो आउने। 
सुरुसुरुमा सिँगान जस्तो या पानीजस्तो पखाला हुने गर्छ। 

उपचार 
पखाला लागेर धेरै पानी शरीरबाट जाने भएकोले झोलियो खानेकुरा खुवाउनुपर्छ। 
लामो समयसम्म पखाला हुँदा दिसा गर्ने स्थान समेत पाछिने भएकोले त्यसको उपचार गर्न आवश्यक छ। 
दिसाबाट रगत नै आएको तथा आन्द्रामा नै समस्या आएको अवस्थामा भने भर्ना गरेर नै उपचार गर्नुपर्छ।

(चिकित्सकको सहयोगमा )


प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन सोमबार, असोज १९, २०८३
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण बुधबार, असोज १४, २०८३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न आइतबार, असोज ४, २०८३
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा बुधबार, भदौ ३, २०८३
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्