Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शैक्षिक गुणस्तर सुधारका लागि नित्यानन्द रत्नकुमारी माविमा अभिभावक भेला
शैक्षिक गुणस्तर सुधारका लागि नित्यानन्द रत्नकुमारी माविमा अभिभावक भेला
Mero pana
Mero pana मंगलबार, साउन ५, २०८३

 

बर्दघाट,  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय ले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अभिभावक भेला सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शेरबहादुर चौधरीको अध्यक्षता तथा बर्दघाट नगरपालिका–१२ का वडाध्यक्ष उमाशंकर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीको शैक्षिक उपलब्धि, अभिभावकको भूमिका तथा विद्यालय सुधारका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष उमाशंकर चौधरीले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपर्ने बताउँदै अति विपन्न परिवारका विद्यार्थीलाई आवश्यक परे वडाको बजेटमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका सल्लाहकार समिति संयोजक सुरज केसीले विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा जनप्रतिनिधिको साझा प्रयासबाट मात्रै विद्यालयको शैक्षिक स्तर उकास्न सकिने उल्लेख गर्दै विद्यालय सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे।

विद्यालयका प्रधानाध्यापक घनश्याम भण्डारीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयलाई बर्दघाट नगरपालिकाकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको जानकारी दिए। उक्त लक्ष्य हासिल गर्न अभिभावक, विद्यार्थी, शिक्षक, स्थानीय शिक्षाप्रेमी तथा जनप्रतिनिधिको साथ र सहयोग आवश्यक रहेको उनले बताए।

प्रधानाध्यापक भण्डारीले विद्यार्थीको सिकाइ सुधारका लागि घरमा अभिभावकको नियमित निगरानी र शिक्षकसँग निरन्तर समन्वय आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीमा बढ्दो मोबाइल प्रयोग शैक्षिक गतिविधिका लागि चुनौती बन्दै गएको बताए। मोबाइलको दुरुपयोग न्यूनीकरण गर्न अभिभावक सचेत हुनुपर्नेमा उनले जोड दिए।

शिक्षक रेवती ज्ञवालीले अनुभवी तथा योग्य शिक्षकमार्फत विशेष कक्षा सञ्चालन गर्ने तयारीस्वरूप अभिभावक भेला आयोजना गरिएको जानकारी दिँदै विद्यालयको नीति–नियमको पालना गर्दै सबै विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। विद्यालयमा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल शिक्षकलाई जानकारी गराउन उनले विद्यार्थीलाई अनुरोध गरे।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यार्थीको भविष्यप्रति विद्यालयले देखाएको चासोलाई सकारात्मक रूपमा लिँदै शिक्षाको गुणस्तर सुधारसँगै अभिभावकमाथि पर्ने आर्थिक भार सकेसम्म न्यून बनाउन विद्यालयसँग आग्रह गरेका थिए।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष महेन्द्र काफ्ले, शिक्षक–अभिभावक संघका अध्यक्ष प्रदीप चौधरी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक गोमा पाण्डेले गरेकी थिइन्।


प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो  शुक्रबार, असोज १६, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास  शुक्रबार, असोज ९, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी शनिबार, भदौ २७, २०८३
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन शनिबार, भदौ २७, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्