Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • राजा महात्मा पूर्णभद्र मा.वि मा आईतबारदेखि स्वर्ण महोत्सव
राजा महात्मा पूर्णभद्र मा.वि मा आईतबारदेखि स्वर्ण महोत्सव
Mero pana
Mero pana शुक्रबार, पुस १३, २०८०

नवलपरासीको बर्दघाट –९, पन्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको महोत्सव आईतबार बाट सुरु हुदै छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ । बिबिध कार्यक्रम सहित पौष १५ गते देखि २१ गते सम्म सप्ताहव्यापि रुपमा मनाईने स्वर्ण जयन्तीको उद्घाटनमा नेपाल सरकारका प्रवत्ता तथा संञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा आउने करिब निश्चित भएको छ । 

स्वर्ण महोत्सव सम्पन्न गर्न ५९ सदस्यीय मुल समारोह समिति र २६ वटा उप–समितिले काम गरिरहेको मुल समिति संयोजक तथा संविधान सभा सदस्य बिक्रम खनालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । काग्रेसको नेता विद्यालयको स्वर्ण जयन्ती समारोहको संयोजक कसरी भन्ने जिज्ञासामा खनालले तिन वर्ष अगाडीनै हुनुपर्ने स्वर्ण जयन्तीको कार्यक्रम विविध खिचातानीका कारण हुन नसकेको भन्दै विद्यालय शिक्षा सुधारका लागी आफुले संयोजकत्व लिएको तर्क गर्नुभयो । म विद्यालय आउदा राजनिति बाहिर राखेर आउछु उहाँले भन्नुभयो । 

स्वर्ण जयन्ति सञ्चालनको लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये ४१ लाख बढि रकम संकलन भईसकेको मुल समितिको दाबि छ ।  स्वर्ण जयन्तिको पहिलो दिन १५ गते प्रभातफेरी, समुद्घाटन, स्मारक लोकार्पण, पिटी, सुभकामना मन्तव्य, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पुर्व शिक्षक सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।

तेस्रो दिन १७ गते संस्थापक, पुर्व वि।व्य।स।, पुर्व शि।अ।स, पुर्व विभिन्न उप–समिति सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । चौथो दिन १८ गते साँस्कृति कार्यक्रम, चन्दादाता, दानदाता सम्मान तथा सुभकामना जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।

त्यस्तै पाचौँ दिन १९ गते पुर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । छैठौँ दिन २० गते जिल्ल स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रमको सातौँ दिन २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, पि।टी। खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको विद्यालयले जनाएको छ । राजा महात्मा मावि आर्थिक परादर्शिताका विषयमा पटक पटक विवादमा आउने विद्यालय हो । 
 


प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो  शुक्रबार, असोज १६, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास  शुक्रबार, असोज ९, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी शनिबार, भदौ २७, २०८३
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन शनिबार, भदौ २७, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्