Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
Mero pana
Mero pana शुक्रबार, साउन १५, २०८३


शैक्षिक ऐक्यबद्धताको समूह (जिसन) नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्न गरिएको छ। जिसनमा आबद्ध २१ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संस्थाका अध्यक्ष थमन शेरचन को अध्यक्षता तथा संस्थाका सल्लाहकार दिपक प्रसाद पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि दिपक प्रसाद पौडेलले चेसलाई ज्ञान, रणनीति र धैर्यको खेलका रूपमा व्याख्या गर्दै विद्यालयहरूले यस्ता बौद्धिक प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए। उनले कक्षाकोठाको शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। जिसनले सञ्चालन गरेका यस्ता कार्यक्रमले जिल्लाको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने उनको विश्वास रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार ईन्द्रबहादुर गुरुङ ले चेस खेलले विद्यार्थीलाई धैर्यवान, अनुशासित र जिम्मेवार बनाउने बताए। उनले चेसले अध्ययनमा समेत सकारात्मक प्रभाव पार्ने र कठिन परिस्थितिमा पनि सोचविचार गरेर निर्णय गर्न सिकाउने उल्लेख गरे।

त्यसैगरी सल्लाहकार धनराज चापागाईं ले चेस खेलले स्मरणशक्ति, विश्लेषणात्मक क्षमता र एकाग्रता बढाउने बताए। उनले नियमित रूपमा चेस खेल्ने विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढ्नुका साथै तार्किक ढंगले समस्या समाधान गर्ने क्षमता विकास हुने बताए।

अर्का सल्लाहकार भगवन्त प्रसाद धवल ले चेस खेलले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले चेसले नेतृत्व क्षमता, आत्मविश्वास, समय व्यवस्थापन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सञ्जय ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गर्दै जिसनले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए। उनले चेस प्रतियोगिताले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै बौद्धिक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।
संस्थाका अतिरिक्त क्रियाकलाप संयोजक सोमनाथ पाठकले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै चेस केवल मनोरञ्जनको खेल नभई विद्यार्थीको बौद्धिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको खेल भएको बताए। उनले चेस खेलले विद्यार्थीमा तार्किक सोच, समस्या समाधान गर्ने क्षमता, एकाग्रता, धैर्यता, निर्णय क्षमता तथा दीर्घकालीन योजना बनाउने सीप विकास गर्ने भने। विद्यालयस्तरमा यस्ता प्रतियोगिता सञ्चालन गर्दा विद्यार्थीको आत्मविश्वास र सिर्जनात्मक क्षमता समेत अभिवृद्धि हुने उनको भनाइ थियो।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष थमन शेरचन ले जिसनले विगतदेखि नै जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएको बताए। उनले शिक्षक तथा विद्यार्थीको क्षमता विकास, सिर्जनात्मक गतिविधि र गुणस्तरीय शिक्षाका लागि संस्थाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। आगामी दिनमा पनि विद्यार्थीको बौद्धिक, शैक्षिक तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले यस्ता प्रतियोगितासहित थप शैक्षिक गतिविधि सञ्चालन गरिने जानकारी दिए। प्रतियोगितामा शेखर रेग्मी ले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन सस्थाका सचिव बलिराम यादवले सञ्चालन गरेका थिए । 

प्रतियोगितामा बसन्तपुर जेनिथ, सरावल प्रथम, सुनवल युनाइटेड, सुनवल द्वितीय, बेलाटारी चिल्ड्रेन एकेडेमी, प्रतापपुर तृतीय तथा ज्ञानकुञ्ज शिक्षा सदन, धनेवा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा जिसनमा आबद्ध २१ विद्यालयका कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी रहेका थिए। विद्यार्थीहरूबीच बौद्धिक क्षमता, तार्किक सोच तथा रणनीतिक सीपको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूले उत्साहपूर्ण प्रतिस्पर्धा गरेका थिए। आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीमा एकाग्रता, समस्या समाधान गर्ने क्षमता, निर्णय क्षमता, धैर्यता, अनुशासन, आत्मविश्वास तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो  शुक्रबार, असोज १६, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास  शुक्रबार, असोज ९, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी शनिबार, भदौ २७, २०८३
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन शनिबार, भदौ २७, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्